यो कुकुरले प्रेमिका खोज्दै १४ हजार किलोमिटर पैदल यात्रा गर्‍यो ! « Khabarhub

यो कुकुरले प्रेमिका खोज्दै १४ हजार किलोमिटर पैदल यात्रा गर्‍यो !


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– माया भन्ने चिज नै विचित्रको छ । यो मानिसमा मात्र सिमित हुदैन, जनावरहरुले पनि एक अर्कामा औधी माया गर्छन् । यो कुरा मादा वुल्फ नामको एउटा फिमेल कुकुरबाट थाहा पाउन सकिन्छ ।

आफ्नो प्रेमिकाको खोजीमा उक्त कुकुरले १४ हजार किलोमिटरको पैदल यात्रा गरेको जनाइएको छ । वैज्ञानिकहरुका अनुसार मादा वुलफ नामक त्यो कुकुर प्रत्येक दिन विहान लगभग २१ किलोमिटर यात्रा हिँड्दथ्यो ।

तर कुकुरको अचानक मृत्यु भएको छ । वैज्ञानिकहरुको टोली अहिले कुकुर कसरी मर्यो भन्ने बारे खाजी गरिरहेको छ । कुकुर कहाँ सम्म पुगेको थियो भन्ने बारेमा वैज्ञानिकहरुले कुकुरको घाँटीमा बाँधिएको ट्रान्समिटर कलरबाट अनुसन्धान गरिरहेका छन् ।

उनीहरुले ट्रान्समिटर कलरको ट्रयाकबाट कुकुर मरेको ठाउँसम्म पुगेका थिए । कुकुरले आफू प्रेमीको खोजिमा हिँडेको बेला घरका सबैलाई अलबिदा भनेर घर छोड्दै क्यालिफोर्नियाको सिमा बाहिर निस्किएको थियो ।

कुकुरको शरिरमा ट्रान्समिटर सन् २०१७ मा लगाईएको थियो । शुरुवाती अनुसन्धानमा दुई वर्षसम्म कुकुर त्यत्तिकै हिँडिमात्र रहेको थियो । साथै आफ्नो शिकारका लागि उसले बिभिन्न जनावरहरु पनि मार्ने गर्दथ्यो ।

बोयोलोजिस्ट अमरोक वेसका अनुसार साथी खोज्न हिँड्नु साधारण कुरा भएको बताएका छन् । ओ आर(५४ का पिता ओ आर(७ ले पनि आरेगनमा बस्नुभन्दा पहिला केहि वर्षसम्म साथीको खोजीमा हिँडेको थियो ।

वैज्ञानिकहरुका अनुसार उक्त कुकुरको लाश शास्ता काउन्टी भन्ने ठाउँमा पाइएको थियो । क्यालिफोर्नियाको वाइल्ड लाइफ डिपार्टमेन्टले कुकुरको मृत्युको कारण पत्ता लगाउँने मानिसलाई २ लाख ८८ हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ५ : ०४ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा