हिउँदे पर्वतारोहणका लागि आरोहण अनुमति खुला « Khabarhub

हिउँदे पर्वतारोहणका लागि आरोहण अनुमति खुला


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस वर्षको हिउँदे पर्वतारोहणका लागि पर्यटन विभागले आरोहण अनुमति खुला गरेको छ । विभागका अनुसार अनुमति खुला भएपछि हालसम्म विभिन्न चारओटा हिमालका लागि पर्वतारोहीले अनुमति लिएका छन् ।

सगरमाथा आरोहणका लागि अहिलेसम्म पाँच जनाले विभागबाट अनुमति लिइसकेका छन् । त्यसमध्ये दुई जना जर्मनी र तीन जना स्पेनी नागरिक रहेको विभागले जानकारी दिएको छ ।

सगरमाथाबाहेक नुप्त्से, आमादब्लम र रोक्पाइ हिमालका लागि विभागले अनुमति जारी गरिसकेको छ । नुप्त्सेका लागि पाँच जना, आमादब्लमका लागि १५ जना र रोक्पाइ हिमालका लागि दुई जनाले अनुमति लिएको विभागले जनाएको छ ।

यसरी अहिलेसम्म विभिन्न पाँचओटा टोलीका २७ जनाले अनुमति लिइसकेको विभागले जानकारी दिएको छ । अहिलेसम्म अनुमति लिनेमा सबै पुरुष छन् । कुल अनुमति लिनेमा २३ जना स्पेन, दुई जना जर्मनी र एक/एक जना संयुक्त राज्य अमेरिका र चीनका नागरिक छन् ।

आरोहण अनुमतिबाट विभागले अहिलेसम्म १६ लाख ८२ हजार रुपियाँ रोयल्टी सङ्कलन भएको विभागले जनाएको छ ।

त्यसमध्ये १५ लाख १३ हजार रुपियाँ मात्रै सगरमाथा आरोहण अनुमतिबाट प्राप्त छ । हिउँले सिजनमा आरोहण अनुमतिका लागि लिइने रोयल्टी वसन्तयामको तुलनामा कम हुन्छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ७ : ५५ बजे

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,