चिनियाँ पेस्तोलसहित २ जना पक्राउ « Khabarhub

चिनियाँ पेस्तोलसहित २ जना पक्राउ


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- जनकपुरधामबाट चिनियाँ पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।

दुवैजनालाई शनिबार साँझ पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं १ रम्दैया का ४२ वर्षीय जितेन्द्र कुमार यादव र वडा नं ५ का ३० वर्षीय कुमोद नारायण झा रहेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।

दुवैलाई जनकपुरधाम उपमहानगरपालिका वडा नं १ भानु चोकबाट नियन्त्रणमा लिइएको हो ।

बा १४ च ७४५९ नम्बरको कारले ज ९ प ५८०६ नम्बरको मोटरसाइकललाई ठक्कर भएको दुर्घटनापछि प्रहरी नायव उपरीक्षक कार्कीसहितको टोली दुर्घटना स्थलमा पुगेको थियो ।

शंका लागेर कारमा चेक गर्ने क्रममा डिक्की भित्र राखिएको ठूलो चाईनिज पेस्तोल जस्तो देखिने पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ६ राउण्ड, म्यगजिन १ थान बरामद गरेको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ८ : १० बजे

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक