गायिका आस्था राउतविरुद्ध पक्राउ पूर्जी जारी « Khabarhub

गायिका आस्था राउतविरुद्ध पक्राउ पूर्जी जारी


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका आस्था राउतविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत महिला प्रहरी जवान रमिता श्रेष्ठले दिएको जाहेरीका विषयमा अनुसन्धान गर्न गायिका राउतविरुद्ध पक्राउ पूर्जी जारी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले खबरहबलाई जानकारी दिए ।

गायिका राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रक्रिया अगाडि बढाइ सकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेसँगै प्रहरीले राउतको खोजी शुरु गरेको छ ।

गायिका राउतले विहीवार विमानस्थलमा आफूमाथि महिला प्रहरीले अभद्र व्यवहार गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत आक्रोश पोखेकी थिइन् । तर शुक्रवार सार्वजनिक भएको विमानस्थलको सीसीटीभी फुटेजपछि प्रहरी जवान श्रेष्ठले गायिका राउत विरुद्ध उजुरी दिएकी थिइन् ।

उनले अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा उजुरी दिएसँगै विमानस्थल सुरक्षा कार्यालयले तालुकदार कार्यालयल महानगरीय आयुक्तको कार्यालय रानीपोखरीमा उजुरीसहितको कागजपत्र पठाएको थियो ।

रानीपोखरीले सीसीटीभीको प्रारम्भिक अनुसन्धान गरी घटनाका सम्बन्धमा थप अनुसन्धान गरी मुद्दा प्रकृया अघि बढाउन महानरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  २ : ०४ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि