कतार एयरवेजद्वारा डच बानसँगको कोडसेयर सेवा शुरुवात « Khabarhub

कतार एयरवेजद्वारा डच बानसँगको कोडसेयर सेवा शुरुवात


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतार एयरवेजले डच बानसँगको सहकार्यलाई थप गर्दै जर्मनीमा अविच्छिन्न सेवाको सुविधा विस्तार गरेको छ । आफ्ना सेवाग्राहीलाई थप सुविधायुक्त र गुणस्तरीय सेवा प्रदान गर्ने सिलसिलामा सन् २०१९को उत्कृष्ट वायुसेवाको रुपमा अवार्ड जित्न सफल कतार एयरवेजले यस्तो सुविधाको विस्तार गरेको हो ।

गुणस्तरीय सेवा विस्तारको क्रममा जर्मनीमा थप सुविधा उपलब्ध गराँउदै यूरोपको एक विशाल रेलवेको रुपमा रहेको डच बानसँग सहकार्यको शुरुवात गरेको कतार एयरवेजले जनाएको छ ।

उक्त सेवाले कतार एयरवेजका यात्रुलाई जर्मनीका ८ प्रमुख शहरहरुमा सहज र अविच्छिन्न सेवा विस्तार गर्न लागेको हो । कतार एयरवेजद्धारा जारी विज्ञप्ती अनुसार डच बानसँगको नेटवर्कले जोड्ने शहरहरुमा स्टुटगार्ट, नुरेम्वर्ग, ह्यानोवर, लेइजिग, कोलोन, डसेलडोर्फ र ह्याम्वर्ग रहेका छन् ।

कतारएयर वेजले हाल दोहा र फ्रान्कफर्ट, म्यूनिक र बर्लिन गरी हप्तामा ३५ वटा उडान भर्ने गरेको छ । कतार एयरवेजका कार्यकारी प्रमुख अकबर अल बकरले उक्त कोडसेयर सम्झौताले जर्मनी र कतारबीचको सम्बन्धलाई मजबुत पार्ने मात्र नभई दोहा र अन्य दर्जनौ स्थानमा रहेका आफ्ना ग्राहकहरुलाई जर्मनीका विभिन्न स्थानहरुको अवलोकन गर्ने अवसर प्रदान गर्ने कुरा बताएका छन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ५ : ५३ बजे

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

लेदो प्रशोधन केन्द्र अपेक्षाअनुसार सञ्चालन भएन

झापा– मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा