कतार एयरवेजद्वारा डच बानसँगको कोडसेयर सेवा शुरुवात « Khabarhub

कतार एयरवेजद्वारा डच बानसँगको कोडसेयर सेवा शुरुवात


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतार एयरवेजले डच बानसँगको सहकार्यलाई थप गर्दै जर्मनीमा अविच्छिन्न सेवाको सुविधा विस्तार गरेको छ । आफ्ना सेवाग्राहीलाई थप सुविधायुक्त र गुणस्तरीय सेवा प्रदान गर्ने सिलसिलामा सन् २०१९को उत्कृष्ट वायुसेवाको रुपमा अवार्ड जित्न सफल कतार एयरवेजले यस्तो सुविधाको विस्तार गरेको हो ।

गुणस्तरीय सेवा विस्तारको क्रममा जर्मनीमा थप सुविधा उपलब्ध गराँउदै यूरोपको एक विशाल रेलवेको रुपमा रहेको डच बानसँग सहकार्यको शुरुवात गरेको कतार एयरवेजले जनाएको छ ।

उक्त सेवाले कतार एयरवेजका यात्रुलाई जर्मनीका ८ प्रमुख शहरहरुमा सहज र अविच्छिन्न सेवा विस्तार गर्न लागेको हो । कतार एयरवेजद्धारा जारी विज्ञप्ती अनुसार डच बानसँगको नेटवर्कले जोड्ने शहरहरुमा स्टुटगार्ट, नुरेम्वर्ग, ह्यानोवर, लेइजिग, कोलोन, डसेलडोर्फ र ह्याम्वर्ग रहेका छन् ।

कतारएयर वेजले हाल दोहा र फ्रान्कफर्ट, म्यूनिक र बर्लिन गरी हप्तामा ३५ वटा उडान भर्ने गरेको छ । कतार एयरवेजका कार्यकारी प्रमुख अकबर अल बकरले उक्त कोडसेयर सम्झौताले जर्मनी र कतारबीचको सम्बन्धलाई मजबुत पार्ने मात्र नभई दोहा र अन्य दर्जनौ स्थानमा रहेका आफ्ना ग्राहकहरुलाई जर्मनीका विभिन्न स्थानहरुको अवलोकन गर्ने अवसर प्रदान गर्ने कुरा बताएका छन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ५ : ५३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र