चार तोला सुन र नगद ७० हजारसहित भेटिएको झोला हस्तान्तरण « Khabarhub

चार तोला सुन र नगद ७० हजारसहित भेटिएको झोला हस्तान्तरण


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँं– तनहुँको घाँसीकुवामा चार तोला सुन र ७० हजार नगदसहित भेटिएको झोला सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ ।

पोखरा घुम्न जान लागेका गोरखाको पालुङ्गटार नगरपालिकास्थित ठाटीपोखरी एकता बाल क्लबका सदस्यहरुले भेटाएको उक्त सुन र नगदसहितको झोला पोखरास्थित बैदाम प्रहरी चौकीको रोहबरमा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको हो ।

उनीहरुले तनहुँको घाँसीकुवामा खाजा खाने क्रममा एउटा कालो झोला भेटाएका थिए । झोला खोलेर हेर्दा  त्यहाँ नगद करिब ७० हजारसहित चार तोला भन्दा बढीको गरगहना फेला पारेका थिए ।

उक्त गरगहना तथा नगद भेटिएको बारेमा हरि श्रेष्ठले फेसबुकमा लेख्दै जीवनमा पुण्यको काम गर्न पाएकोमा गर्व गरेका छन् ।

उनले सो सामान मोरङ जिल्ला घर भएका एक व्यक्तिलाई इटहरी जाँदै गर्दा चितवनबाट फर्कन लगाएर हस्तान्तरण गरिएको फेसबुकमा लेखेका छन् ।

ठाटिपोखरी एकता बाल क्लबको व्यवस्थापन गर्दै आएका  ऋषि राम देवकोटा, सुरज राजभाट र हरि श्रेष्ठले उक्त सामान हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ६ : ४४ बजे

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत

रोल्पा पहिरो अपडेट : बेपत्ता पाँच जनाको शव प्युठानमा भेटियो

रोल्पा – रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं – पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

रेसुङ्गामा श्रद्धालुको घुइँचो

गुल्मी – रेसुङ्गामा श्रद्धालुहरुको घुइँचो लागेको छ। रेसुङ्गा धार्मिक क्षेत्र