सवारी दुर्घटना न्यूनीकरणका लागि ‘टाइम कार्ड’ लागू « Khabarhub

सवारी दुर्घटना न्यूनीकरणका लागि ‘टाइम कार्ड’ लागू


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- सवारी दुर्घटना कम गर्ने उद्देश्यले आजबाट झापामा गुड्ने सवारीसाधनका लागि ‘टाइम कार्ड’ को व्यवस्था गरिएको छ ।

पूर्वी सिमाना काँकरभिट्टादेखि पश्चिमको तारावारी ढाटसम्म पूर्वपश्चिम राजमार्गमा गुड्ने ठूला सवारीका लागि टाइम कार्ड लागू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले बताए ।

“यातायात व्यवसायीसँगको सहकार्यमा आजबाट पूर्वपश्चिम राजमार्गमा चल्ने ठूला सवारीलाई टाइम कार्ड लागू गरिएको हो”, प्रहरी निरीक्षक अधिकारीले भने, “काँकरभिट्टादेखि विर्तामोडसम्म आधा घण्टा र विर्तामोडदेखि दमक पुग्ने सवारीका लागि एक घण्टाको सयम निर्धारण गरिएको छ ।”

सवारी चालकलाई तीव्र गतिमा सवारी नचलाउन पटकपटक आग्रह गरे पनि अटेर गरेपछि टाइम कार्ड लागू गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए । उनले भने, “अब ५५ किलोमिटर दूरी पार गर्न एक घण्टा ३० मिनेटको समय दिइएको छ ।”

चालू आवमा झापामा भएका सवारी दुर्घटनामा परी ३९ जनाले ज्यान गुमाएका छन् । अधिकांश सवारी तीव्र गतिमा चलाएका कारण दुर्घटना हुने गरेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १० : ४५ बजे

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत

रोल्पा पहिरो अपडेट : बेपत्ता पाँच जनाको शव प्युठानमा भेटियो

रोल्पा – रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं – पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

रेसुङ्गामा श्रद्धालुको घुइँचो

गुल्मी – रेसुङ्गामा श्रद्धालुहरुको घुइँचो लागेको छ। रेसुङ्गा धार्मिक क्षेत्र