काेरोनाका कारण पोर्चुगलमा आपतकाल घोषणा, ६ सय ४२ बढी संक्रमित « Khabarhub

काेरोनाका कारण पोर्चुगलमा आपतकाल घोषणा, ६ सय ४२ बढी संक्रमित


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण पोर्चुगलमा हालसम्म दुई जनाको मृत्यु भएको छ । हालसम्म ६ सय ४२ जनामा संक्रमण देखिएको छ ।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले आपतकालीन राज्यको घोषणा गरेको छ ।

प्रधानमन्त्री एन्टोनियो कोस्टाले कोरोनाको संक्रमण फैलिन नदिन सो निर्णय गरेको जनाउँदै उच्च सुरक्षा सतर्कता अपनाउन आम नागरिकलाई अपिल गरेका छन् ।

सान्तान्देर तोत्ता बैंकका सञ्चालक समिति अध्यक्ष ७४ वर्षीय आन्तोनिउ भियरा मुन्तेइरुको बुधबार मृत्यु भएसँगै पोर्चुगलमा ज्यान गुमाउनेको संख्या २ पुगेको हो ।

कोरोनाका कारण उनको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । उनी २०१९ मा सान्तान्देर तोत्ता ग्रुपका अध्यक्ष बनेका थिए ।

पोर्चुगलमा पछिल्लो तथ्यांक अनुसार ६ सय ४२ जना संक्रमित मध्य ४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यसअघि सोमबार ८० वर्षीय मारिओ भेरिस्सिमुको कोरोना संक्रमणकै कारण निधन भएको थियो ।

यसैबीच पोर्चुगलमा एक जना नेपालीलाई पनि कोरोना संक्रमणको यसअघि नै पुष्टि भएको थियो भने भाइरस संक्रमणको आशंकामा ६० जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ७ : १६ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको