कोरोना भाइरसले इटालीमा एकै दिन ४ सय ७५ को मृत्यु « Khabarhub

कोरोना भाइरसले इटालीमा एकै दिन ४ सय ७५ को मृत्यु


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका कारण इटालीमा एकै दिन ४ सय ७५ जनाको मृत्यु भएको छ ।

इटालीमा एकै दिन यति धेरै मानिसको मृत्यु भएको यो पहिलो घटना हो । बुधबार राति ११ बजेसम्म एकै दिन इटालीमा ४ सय ७५ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २९ सय ७८ पुगेको छ। यो चीनपछि दोस्रो ठूलो संख्या हो।

इटालीसमा हालसम्म ३५ हजार ७१३ जना संक्रमित भएका छन्। बुधबार राति सम्म मात्र एकै दिन ४ हजार २ सय ७ जना नयाँ संक्रमित फेला परेका छन्।

बुधबार इटालीपछि इरानमा सबैभन्दा धेरैको मृत्यु भएको छ। इरानमा बुधबार १ सय ४७ जनाको मृत्यु भएको छ।

त्यहाँ मृत्यु हुनेको संख्या ११ सय ३५ पुगेको छ। इरानमा हालसम्म १७ हजार ३६१ जना संक्रमित भएका छन्। त्यस मध्ये बुधबारमात्र ११ सय ९२ जना संक्रमित भएका हुन्।

यस्तै स्पेनमा बुधबार ९० जनाको मृत्यु भएको छ। त्यहाँ कुल मृत्यु हुनेको संख्या ६२३ पुगेको छ । स्पेनमा हालसम्म १३ हजार ९ सय १० जना संक्रमित भएकोमा बुधबारमात्र २ हजार ८४ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ७ : १९ बजे

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको