कोरोना भाइरसले इटालीमा एकै दिन ४ सय ७५ को मृत्यु « Khabarhub

कोरोना भाइरसले इटालीमा एकै दिन ४ सय ७५ को मृत्यु


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका कारण इटालीमा एकै दिन ४ सय ७५ जनाको मृत्यु भएको छ ।

इटालीमा एकै दिन यति धेरै मानिसको मृत्यु भएको यो पहिलो घटना हो । बुधबार राति ११ बजेसम्म एकै दिन इटालीमा ४ सय ७५ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २९ सय ७८ पुगेको छ। यो चीनपछि दोस्रो ठूलो संख्या हो।

इटालीसमा हालसम्म ३५ हजार ७१३ जना संक्रमित भएका छन्। बुधबार राति सम्म मात्र एकै दिन ४ हजार २ सय ७ जना नयाँ संक्रमित फेला परेका छन्।

बुधबार इटालीपछि इरानमा सबैभन्दा धेरैको मृत्यु भएको छ। इरानमा बुधबार १ सय ४७ जनाको मृत्यु भएको छ।

त्यहाँ मृत्यु हुनेको संख्या ११ सय ३५ पुगेको छ। इरानमा हालसम्म १७ हजार ३६१ जना संक्रमित भएका छन्। त्यस मध्ये बुधबारमात्र ११ सय ९२ जना संक्रमित भएका हुन्।

यस्तै स्पेनमा बुधबार ९० जनाको मृत्यु भएको छ। त्यहाँ कुल मृत्यु हुनेको संख्या ६२३ पुगेको छ । स्पेनमा हालसम्म १३ हजार ९ सय १० जना संक्रमित भएकोमा बुधबारमात्र २ हजार ८४ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ७ : १९ बजे

धोबी खोलामा साइकलसहित भेटिएको शवको पहिचान

काठमाडौं – धोबी खोलामा साइकलसहित भेटिएको शवको पहिचान खुलेको छ।

नेवार समुदायमा योमरी पुन्हीको महिमा

काठमाडौं – नेवार समुदायको परम्परागत संस्कृतिमा योमरी पुन्ही एक विशेष

दूध पिउन जाने अमृत, नजाने विष : डा. ओम मूर्ति

हाम्रो भान्सामा दैनिक प्रयोग हुने दूध स्वास्थ्यका लागि कति फाइदाजनक

होटलको छतबाट खसेर किशोरीको मृत्यु

चितवन – चितवनको रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको

कांग्रेसले बहालवाला नेतालाई राष्ट्रियसभा र प्रदेशसभामा उम्मेदवार नबनाउने

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रदेशसभामा बहालमा रहेका नेतालाई