मुटुमा समस्या भएपछि डा.बाबुराम भट्टराई गंगालाल अस्पतालमा भर्ना « Khabarhub

मुटुमा समस्या भएपछि डा.बाबुराम भट्टराई गंगालाल अस्पतालमा भर्ना


६ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुटुमा समस्या भएको महशुष भएपछि  पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई बुधबार राति बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन् ।

राति ७ बजे अस्पताल पुगेका भट्टराईको एन्जियोग्राफ्री लगायतको परीक्षण गरिएको छ । प्रारम्भीक सबै परीक्षण ठीकठाक देखिएपछि उनलाई आजै डिस्चार्जको तयारी भएको उनका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए ।

‘डा. साब ब्याक पेन र मुटुमा असजिलो भएपछि अस्पताल आउनुभएको थियो,’ पोखरेलले भने, ‘सबै ठीकठाक देखिएकाले आजै घर जाने तयारीमा छौं ।’

भट्टराईको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोलीले उपचार गरेको थियो । उनलाई चिकित्सकहरुले मसल पेन भनेका छन् । यद्यपि उनको मुटुको चाल चिकित्सकको निगरानीमा राखेर अध्ययन गरिदै छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  ८ : ३७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको