एसईई दिन केन्द्र आसपास बसेका विद्यार्थीलाई गाउँपालिकाले निःशुल्क यातायत व्यवस्था गरेर घरघरमा पुर्‍यायो « Khabarhub

एसईई दिन केन्द्र आसपास बसेका विद्यार्थीलाई गाउँपालिकाले निःशुल्क यातायत व्यवस्था गरेर घरघरमा पुर्‍यायो


६ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – आजबाट सुरु हुने भनिएको एसईई परीक्षको लागि परीक्षा केन्द्र नजिकै आएर बसेका विद्यार्थीहरुलाई स्याङ्जाको फेदीखोला गाउँपालिकाले निःशुल्क यातायत व्यवस्था गरेर घरघरमा पुर्‍याएको छ ।

गाउँपालिकाले बिहीवार(आज) बिहान सार्वजनिक यातायात भाडामा लिएर विद्यार्थीलाई घर घरमा पुर्‍याएको हो ।

आजदेखि सुरु हुने भनिएको एसईईको परीक्षा कोरोना भाइरसको सभ्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले बुधवार साँझ स्थगित गर्ने निर्णय गरेको थियो ।

परीक्षा स्थगित भएसँगै परीक्षा दिनको लागि परीक्षा केन्द्र आसपास आएर बसेका विद्यार्थीहरुलाई गाउँपालिकाले निःशुल्क बस सेवा उपलब्ध गराएको हो ।

उनीहरुलाई घरघरमा पुर्‍याउने व्यवस्था मिलाइको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।

प्रतिकुल अवस्थालाई ध्यान दिँदै फेदीखोला बजार र खड्केटारी बजारमा परीक्षा तयारिका लागि बसेका फेदीखोला गाउँपालिका ५ बागे मैदान मावि र ४ गलेम सितला माविका विद्यार्थीहरुलाई घर फर्कनको लागि गाउँपालिकाले यातायातको व्यवस्था गरेको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  ११ : ०२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको