कोरोनाको सन्त्रासका बीच नेपालबाट भारततर्फ मास्क तस्करी, पर्सा प्रहरीद्वारा २ जना पक्राउ « Khabarhub

कोरोनाको सन्त्रासका बीच नेपालबाट भारततर्फ मास्क तस्करी, पर्सा प्रहरीद्वारा २ जना पक्राउ


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– कोरोना भाइरसको सन्त्रासका बीच सीमावर्ती भारतीय बजारमा माक्सको अभाव भएपछि तस्करहरुले बढी मूल्यमा बेच्ने गरी नेपालबाट भारततर्फ माक्स तस्करी गर्न थालेका छन् ।

पर्सा प्रहरीले बुधबार नेपालबाट भारततर्फ माक्स तस्करी गर्ने २ जनालाई नियन्त्रणमा लिएपछि नेपालबाट भारततर्फ मास्क तस्करी हुने गरेको खुलेको हो ।

पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–५ का ३८ वर्षीय सुनिल जैसवाल र सोही ठाउँका ३६ वर्षीय अजय महतो छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरुले काठमाडौंमा बनेका कपडाका मास्क बसमा हालेर भारततर्फ तस्करी गर्न लागेका थिए ।

बुधबार बिहान काठमाडौंबाट पर्साको भिष्वा जाने रात्री बस चेकजाँच गर्ने क्रममा २ जनालाई भारततर्फ तस्करी गर्न लागिएको मास्कसहित पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेकाहरुको साथबाट २० हजार थान मास्क बरामद गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ११ : ०६ बजे

मोदीलाई ट्रम्पको फोन, के भयो कुराकानी ?

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई

प्रधानमन्त्रीले भोलि सबै समानुपातिक सांसदसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीको तर्फबाट संघीय संसदमा

सशस्त्रका असई शेर्पाले गरिन् लोबुचे हिमालको आरोहण

काठमाडौँ – सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पाले नयाँ

कैलाली दुर्घटनामा दुई जनाको मृत्यु

धनगढी – कैलालीको लम्कीमा विंगर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको

किराँतीको प्रश्न : पूर्व–पश्चिम राजमार्गको नाम महेन्द्र राजमार्ग राखेर के सन्देश दिन खोजेको हो ?

काठमाडौँ – नेता सुदन किराँतीले नेताले केके गर्नुपर्छ थाहा पाएर