डडेल्धुराको जंगलमा पासो लगाएर आधा दर्जन गाईको हत्या « Khabarhub

डडेल्धुराको जंगलमा पासो लगाएर आधा दर्जन गाईको हत्या


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमरगढी– डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा सामूहिक रुपमा गौहत्या भएको पाइएको छ ।

गन्यापधुरा–१ को देउपाल सामुदायिक वन क्षेत्रमा ग्यालविन तारले पासो लगाएर सामूहिक गौहत्या गरिएको भेटिएको हो ।

घटनास्थलमा पुगेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्टका अनुसार करिब ५ वटा गाईको घाँटी ग्यालविन तारले बाँधेर सल्लाको रुखमा बाँधिएको छ । यस्तै, एउटा गाईको बंगरा भेटिएको छ भने अर्को एउटा ग्यालविन तार खाली भेटिएको छ ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले करिब ७ वटा गाईको पासो लगाएर हत्या गरिएको प्रारम्भिक अनुमान गरेको छ ।

गाईलाई कसले र किन पासो लगाएर मारेको हो भन्ने विषयमा भने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

स्थानीय वन उपभोक्ताहरु घाँस दाउराको लागि जंगलमा पुग्दा गाईको हत्या गरिएको देखेपछि प्रहरीलाई खबर पुगेका थिए ।

शुक्रबार बिहान प्रहरी, स्थानीय प्रतिनिधि र सञ्चारकर्मीको टोलीले गौहत्या गरिएको क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

प्रहरीले सामूहिक गौहत्याको अनुसन्धान शुरु गरिएको र हत्यामा संलग्न व्यक्तिको खोजी थालिएको प्रहरीले जानकारी दिएको छ ।

यसअघि गत असोजमा सुर्खेतमा सामूहिक रुपमा गौहत्या गरिएको थियो । सुर्खेतमा भएको सामूहिक गौहत्या प्रकरणको अनुसन्धानका लागि गृह मन्त्रालयले समिति नै बनाएर छानबिन गरेको थियो ।

समितिले घटनामा संलग्नहरुलाई कारबाहीको सिफारिस गर्दै गृहमन्त्री रामबहादुर थापा (बादल)लाई प्रतिवेदन बुझाएको थियो । तर, उक्त प्रकरणमा क–कसलाई कस्तो कारबाही भयो भन्ने विषय भने सार्वजनिक भएको छैन ।


तस्वीरहरु– पत्रकार उत्तर विष्ट

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ११ : ३४ बजे

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित