डडेल्धुराको जंगलमा पासो लगाएर आधा दर्जन गाईको हत्या « Khabarhub

डडेल्धुराको जंगलमा पासो लगाएर आधा दर्जन गाईको हत्या


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमरगढी– डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा सामूहिक रुपमा गौहत्या भएको पाइएको छ ।

गन्यापधुरा–१ को देउपाल सामुदायिक वन क्षेत्रमा ग्यालविन तारले पासो लगाएर सामूहिक गौहत्या गरिएको भेटिएको हो ।

घटनास्थलमा पुगेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्टका अनुसार करिब ५ वटा गाईको घाँटी ग्यालविन तारले बाँधेर सल्लाको रुखमा बाँधिएको छ । यस्तै, एउटा गाईको बंगरा भेटिएको छ भने अर्को एउटा ग्यालविन तार खाली भेटिएको छ ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले करिब ७ वटा गाईको पासो लगाएर हत्या गरिएको प्रारम्भिक अनुमान गरेको छ ।

गाईलाई कसले र किन पासो लगाएर मारेको हो भन्ने विषयमा भने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

स्थानीय वन उपभोक्ताहरु घाँस दाउराको लागि जंगलमा पुग्दा गाईको हत्या गरिएको देखेपछि प्रहरीलाई खबर पुगेका थिए ।

शुक्रबार बिहान प्रहरी, स्थानीय प्रतिनिधि र सञ्चारकर्मीको टोलीले गौहत्या गरिएको क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

प्रहरीले सामूहिक गौहत्याको अनुसन्धान शुरु गरिएको र हत्यामा संलग्न व्यक्तिको खोजी थालिएको प्रहरीले जानकारी दिएको छ ।

यसअघि गत असोजमा सुर्खेतमा सामूहिक रुपमा गौहत्या गरिएको थियो । सुर्खेतमा भएको सामूहिक गौहत्या प्रकरणको अनुसन्धानका लागि गृह मन्त्रालयले समिति नै बनाएर छानबिन गरेको थियो ।

समितिले घटनामा संलग्नहरुलाई कारबाहीको सिफारिस गर्दै गृहमन्त्री रामबहादुर थापा (बादल)लाई प्रतिवेदन बुझाएको थियो । तर, उक्त प्रकरणमा क–कसलाई कस्तो कारबाही भयो भन्ने विषय भने सार्वजनिक भएको छैन ।


तस्वीरहरु– पत्रकार उत्तर विष्ट

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ११ : ३४ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान