२५ जना भन्दा बढी सहभागी हुने भएपछि संसदीय समिति बैठक स्थगित « Khabarhub

२५ जना भन्दा बढी सहभागी हुने भएपछि संसदीय समिति बैठक स्थगित


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । बैठकमा २५ जनाभन्दा बढी सहभागी हुने भएपछि स्थागित गरिएको हो ।

समिति सभापति शशी श्रेष्ठले सरकारले जारी गरेको निर्देशन अनुसार २५ भन्दा बढी भेला हुन नपाइने तर, बैठकमा त्यो भन्दा बढी सहभागी भएको भन्दै बैठक स्थगित गरेकी हुन् ।

बिहीबार सिंहदरवारमा बसेको बैठकमा ४० जना बढी सहभागी थिए । केहीबेर बैठक बसेपछि सांसदहरुले सरकारले जारी गरेको २५ जना भन्दा बढी एकै स्थानमा भेला हुन नपाइने निर्देशन सभापति श्रेष्ठलाई सम्झाएका थिए । त्यसपछि सभापति श्रेष्ठले बैठक स्थगित गरेकी हुन् ।

समिति बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दर्ता गरेको संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७५, माथि छलफल गर्ने कार्यसूची थियो ।

सरकारले कोरोना भाइरसबाट बच्न भन्दै बुधबार २५ जनाभन्दा बढी भेला नहुन भनेर निर्देशन जारी गरेको थियो । त्यो निर्देशनको पालना राज्य व्यवस्था तथा सुशासन समितिले गरेको हो ।

तर अन्य समितिहरुबो बैठक भने बिहीवार बसेका थिए । संसदका विधायन व्यवस्थापन समिति, कानुन न्याय तथा मानव अधिकार समिति, अर्थ समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका बैठक बसेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  १ : १७ बजे

सडक मानवमुक्त अभियान सुरु, पहिलो दिन ९ जनाको उद्धार

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडक आश्रित सहयोगापेक्षी मानवमुक्त सहर बनाउने अभियान

शिक्षाको सुधारका लागि मन्त्रीसमक्ष सुझाव पेस

काठमाडौं– प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालको शिक्षा प्रणालीमा देखिएका संरचनात्मक,

पूर्वऊर्जामन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता एवम् पूर्वऊर्जा मन्त्री दीपक

अत्यधिक रिपोर्टले ‘सस्पेन्ड’मा पर्‍यो हर्कको फेसबुक पेज

काठमाडौं- करिब १४ लाख फलोअर भएको श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नामावली