सबै परीक्षा स्थगित गर्ने त्रिविको निर्णय « Khabarhub

सबै परीक्षा स्थगित गर्ने त्रिविको निर्णय


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको छ ।

कोरोनाभाइरस संक्रमण रोक्नका लागि भन्दै सरकारले बुधबार सबै शैक्षिक गतिविधि तत्कालको लागि रोक्ने निर्णय गरेको थियो ।

यही निर्णयलाई आत्मसाथ गर्दै बिहीबार त्रिविले आफ्ना सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

त्रिविमा विभिन्न तह र संकायका परीक्षा सञ्चालन भइरहेको थियो ।

व्यवस्थापन संकायको स्नातकोत्तर तह दोस्रो र चौथो सेमेस्टरको जारी परीक्षा पनि यो निर्णयसँगै शुक्रबारदेखि रोकिने भएको छ ।

९ चैत र चौथो सेमेस्टरको ७ चैतदेखि हुने भनेर सार्वजनिक गरिएको परीक्षा–तालिका पनि यो निर्णयपछि स्थगित भएको छ ।

त्रिवि कार्यकारी परिषद्को बैठकले चैत ७ गते बाट लागु हुने गरी चैत मसान्तसम्म विश्वविद्यालयका सबै तहका परीक्षा, नियमित पठनपाठन तथा विश्वविद्यालयमा हुने कार्यक्रमहरु बन्द गर्न निर्देशन दिएको हो ।

शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई चैत मसान्तसम्म दिइएको विदा अर्को वर्षको हिउँदे र बर्खे विदामा मिलान गर्ने विश्वविद्यालयले जनाएको छ । चैत ७ बाट लागु हुने गरी विश्वविद्यालयका सबै परीक्षा र पठनपाठन बन्द गरीएको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  २ : ५९ बजे

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल