कोरोना सन्त्रास : अनिश्चितकालका लागि हाट बजार बन्द « Khabarhub

कोरोना सन्त्रास : अनिश्चितकालका लागि हाट बजार बन्द


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सैनामैना– रुपन्देहीको सैनामैना नगरपालिकामा बिहीबारदेखि अनिश्चितकालका लागि साप्ताहिक हाजबजार बन्द गरिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को सर्तकता अपनाउनका लागि नगरपालिकामा पनि साप्ताहिक हाजबजार बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता रत्नबहादुर पौडेलले जानकारी दिए ।

नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले कोरोना भाइरसबाट सतर्कता अपनाउन साप्ताहिक हाटबजार बन्द गर्ने, नगरमा कुनै पनि भेला, गोष्ठी, सेमिनार, सभासम्मेलन नगर्ने निर्णय गरिएको पौडेलले बताए । नगरपालिकाका रन्यौरा, मुर्गिया, सालझण्डी, कलौनी, रानीबगियालगायतका ठाउँमा हाटबजार लाग्दै आएको छ ।

माध्यमिक शिक्षा परीक्षा एसईईको तयारीमा रहेका विद्यार्थीलाई दैनिकरूपमा कार्यतालिका बनाएर घर–घरमा पुग्न विद्यालयलाई निर्देशन दिइनेसमेत निर्णय भएको नगरपालिकाले जनाएको छ ।

भाइरस सङ्क्रमणबाट सचेत रहन र सर्तकता अपनाउन यसअघि नै पर्रोहा स्वास्थ्य चौकी मुर्गियाका डा प्रकाश खरेलको संयोजकत्वमा ९ सदस्यीय (आरआरटी) समिति चयन गरिसकेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ४ : १० बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र