विदेश जान नपाएका नेपालीलाई सरकारले रोजगार दिने « Khabarhub

विदेश जान नपाएका नेपालीलाई सरकारले रोजगार दिने


६ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले कोरोना भाइरसका कारण विदेश जान नपाएका नेपाली श्रमिकलाई रोजगार प्रदान गर्ने भएको छ ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले कोरोना भाइरसको संक्रमण रोकथा‍म तथा नियन्त्रणका लागि सरकारले विदेश जाने र आउनेलाई रोकेको भन्दै काम गर्न जान नपाएकालाई रोजगारी दिने बताए ।

सरकारका निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा डा खतिवडाले विदेश काम गर्न जान नपाएकालाई सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् रोजगारी दिने बताए ।

‘काम गर्ने चाहने व्यक्तिले प्रधानमन्त्री रोजगार कार्यक्रममा नाम सूचीकृत गर्नुभयो भने सरकारले त्यस्ता व्यक्तिलाई रोजगार दिन्छ,’ मन्त्री खतिवडाले ।

उनले अहिलेको अवस्थामा साना काम गर्न चाहनेलाई सरकारले रोजगार दिनसक्ने बताए । तर टेबुल वर्क मात्र गर्छु भन्नेलाई सरकारले रोजगारी दिन नसक्ने उनको भनाइ छ ।

बुधवार सरकारले विदेशबाट आउने यात्रुलाई रोक लगाएको थियो भने यसअघि नै सरकारले श्रम स्वीकृती रोकेका कारण वैदेशिक रोजगारीका लागि जान खोज्नेहरु प्रभावित भएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  ४ : ५६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको