भुकुटीमण्डपको बजार १० दिनका लागि बन्द हुने « Khabarhub

भुकुटीमण्डपको बजार १० दिनका लागि बन्द हुने


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको प्रदर्शनीस्थल (भृकुटीमण्ड)मा रहेको बजार १० दिनका लागि बन्द हुने भएको छ ।

भृकुटीमण्डपस्थित निम्न व्यापारी संघले शुक्रबारदेखि लागू हुने गरी १० दिनका लागि बजार बन्द गर्ने निर्णय गरेको हो ।

भुकुटीमण्डमा अहिले १ हजार वटा साना पसल छन् । अब चैत १७ गतेसम्म भृकुटीमण्डपका सबै पसलहरु बन्द हुनेछन् ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिम कम गर्न भन्दै सरकारले २५ जनाभन्दा बढी व्यक्तिलाई भेला नहुन भनेको छ ।

सरकारको सोही आग्रहअनुसार शुक्रबारदेखि लागू हुने गरी भृकुटीमण्डप बजार बन्द गर्ने निर्णय गरिएको संघले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ५ : ०० बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द