सरकारले शुक्रबारदेखि काठमाडौंका ५ ठाउँमा सुपथ मूल्य पसल चलाउने | Khabarhub Khabarhub

सरकारले शुक्रबारदेखि काठमाडौंका ५ ठाउँमा सुपथ मूल्य पसल चलाउने


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले शुक्रबारदेखि काठमाडौं उपत्यकाका विभिन्न ५ ठाउँमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारी स्वामित्वको साल्ट ट्रेडिङले शुक्रबारदेखि ५ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिए ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न परिस्थितमा उपभोक्ताहरुलाई सहजै उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो ।

मन्त्री भट्टले नेपालमा ६ महिनासम्मलाई पुग्ने गरी खाद्यान्न मौज्दात रहेको पनि सुनाए । यस्तै, ८ महिनासम्मलाई पुग्ने औषधि, १० महिनासम्मका लागि नुन तथा ३ महिनासम्मका लागि चिनी पनि मौज्दात रहेको मन्त्री भट्टको भनाइ थियो ।

उपभोक्ताहरुले आफूलाई आवश्यक पर्नेभन्दा धेरै वस्तुहरु मौज्दात राख्न खोजेका कारण बजारमा माग र आपूर्तिको सन्तुलन केही बिग्रिन पुगेको मन्त्री भट्टले बताए ।

पेट्रोलियम पदार्थको आपूर्तिमा पनि समस्या नरहेको मन्त्री भट्टले जानकारी दिए । तर, व्यवस्थापनमा समस्या आउँदा बजारमा केही समस्या देखिएको उनले बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ५ : १८ बजे

पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै हुलाकी सडक

राँझा – बाँकेमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक पूर्वपश्चिम राजमार्गको

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौं – लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल

विश्वकप छनोट : लक्जमबर्गलाई हराउँदै जर्मनी शीर्ष स्थानमा

काठमाडौं – विश्वकप छनोट अन्तर्गतको खेलमा लक्जमबर्गलाई २-० गोल अन्तरले

रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

किएभ – युक्रेनले राजधानी किएभमा घातक रुसी आक्रमणको एक दिनपछि