कोरोनाबारे अपवाह फैलाएको आरोपमा डा दीक्षितमाथि कारबाहीको तयारी « Khabarhub

कोरोनाबारे अपवाह फैलाएको आरोपमा डा दीक्षितमाथि कारबाहीको तयारी


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका विषयमा अपवाह फैलाउनेमाथि कारबाही गर्ने भएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण रोक्न विविध गतिविधि भइरहेका बेला डा. सुन्दरमणि दीक्षित लगायतले अफवाह फैलाएको भन्दै कारबाहीको तयारी थालिएको हो ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा अफवाह फैलाएको आरोपमा दीक्षित लगायतलाई कारबाही गर्नुपर्ने माग उठेको हो।

‘डा. दीक्षितलगायत केहीले कोरोना भाइरसको संक्रमणका बारेमा अफवाह फैलाएको भन्ने विषय बैठकमा उठेको थियो,’ गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले भने, ‘अफवाह फैलाउनेलाई कानूनका दायरामा ल्याउनुपर्ने विषयमा छलफलसमेत भयो।’

अफवाह फैलाउने दीक्षितलगायतलाई कारबाही गर्न माग उठेपछि उपस्थित मन्त्री र सचिवहरुले गम्भीरतापूर्वक छलफल समेत गरेका थिए।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सरकारी निकायले पटक पटक कोभिड–१९ को रिजल्ट ‘नेगेटिभ’ आइरहको जनाउँदा डा. दीक्षितलगायतलले कोभिड–१९ का बारेमा भ्रम फैलाउने काम गरेको जनाएका थिए।

उनका अनुसार हालसम्म ५ सय १२ जना बिरामीको जाँच गर्दा सबैमा ‘नेगेटिभ’ देखा परेकाले हालसम्म नेपालमा संक्रमित ब्यक्ति नभेटिएको विवरण पेस गरेका थिए।

केही दिन अघि एक कार्यक्रममा डा दीक्षितले नेपाल सरकारसँग कोरोना परीक्षण गर्ने किट नै नभएको आरोप लगाएका थिए ।

उनले टेकुमा भर्ना हुन आएका बिरामीलाई कोभिड १९ को ‘ल्याबटेस्ट’ नै नगरी सरकारले त्यसै ‘नेगेटिभ’ भनेर बिरामीलाई फिर्ता पठाउने गरेको आरोप समेत लगाएका थिए।

सरकारले पनि हिजोमात्रै सार्वजनिक गरेको १५ बुँदेमा ‘सर्वसाधारण नागरिकलाई भ्रम सिर्जना हुनेगरी कुनै पनि सञ्चार माध्यम (सामाजिक सञ्जालसमेत)बाट गलत अभिब्यक्ति दिएमा विद्यमान कानुनबमोजिम कडा कारबाही गरिनेछ,’ भन्ने निर्णय सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ६ : ५० बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२