प्रधानमन्त्री मोदीद्वारा भारतमा ‘जनता कर्फ्यू’ घोषणा « Khabarhub

प्रधानमन्त्री मोदीद्वारा भारतमा ‘जनता कर्फ्यू’ घोषणा


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा जनता कर्फ्यूको घोषणा गरेका छन् ।

बिहीबार साँझ टेलिभिजन स‌म्बोधनमा प्रधानमन्त्री मोदीले कोरोना भाइरसको महामारी रोक्न आउँदो आइतबार भारतमा जनता कर्फ्यूको घोषणा गरेका हुन् ।

उनले आउँदो आइतबार विहान ७ बजेदेखि साँझ ९ बजेसम्म  सवै नागरिकलाई अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्किँन आग्रह गरेका छन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले कोरोनाका कारण विश्वमा संकट गुज्रिरहेको बताउँदै सरकारको निर्देशन पूर्ण रुपमा पालना गर्न समेत आग्रह गरे । उनले भने, ‘कोरोनाको संकट सामान्य कुरा होइन ।’

उनले जनता कर्फ्यूको दिन साँझ ५ बजे घरको ढोकामा उभिएर ५ मिनेट ताली, थाल र घण्टी बजाएर नागरिकको हौसला बढाउन समेत आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ८ : ५५ बजे

टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई

संयोजक दाहालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौं– पुष्पकमल दाहाल ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा

वैशाख शुक्ल पूर्णिमा : स्वयम्भूमा बिहानैदेखि श्रद्धालुको घुइँचो

काठमाडौं– वैशाख शुक्ल पूर्णिमाका अवसरमा मनाइने बुद्ध जयन्तीका दिन स्वयम्भूनाथ स्तूप

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बुद्धको सन्देश- वास्तविक सन्देश आफ्नै मनभित्र खोज

आज देशभर तथा विश्वभर बुद्ध जयन्ती अथवा बुद्ध पूर्णिमा श्रद्धा,