नेपालका वायुसेवा कम्पनीले घटाए हवाई भाडा « Khabarhub

नेपालका वायुसेवा कम्पनीले घटाए हवाई भाडा


६ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा घटाएका छन्। सरकारले आन्तरिक हवाई इन्धनको मूल्यमा ४ रुपैयाँ ५० पैसाले घटाएसँगै कम्पनीले शुक्रबारदेखि लागु हुने गरी हवाई भाडादर केही घटाएका छन्।

विमान कम्पनीले कम्तीमा २५ रुपैयाँदेखि बढीमा २ सय रुपैयाँ हवाइ भाडा घटाएको नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए। हवाई कम्पनीले काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा १५० रुपैयाँ घटाएको छ।

पोखरा, भरतपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, धनगढीको भाडा मुल्यमा क्रमशः ७५, ४५, ११०, ६०, ४०, ९५, २०० रुपैयाँ घटेको छ।

यस्तै, नेपालगंज, भद्रपुर, तुमलिङ्गटार, राजविराज, लुक्ला र जोमसोमको भाडा मूल्यमा क्रमशः १५०, १३५, ८०, १५५, ९०, ६० र २५ रुपैयाँ घटेको छ।

कम्पनीले काठमाडौं जोमसोमको उडानमा सबैभन्दा कम २५ रुपैयाँ र सबैभन्दा बढी धनगढीमा दुई सय रुपैयाँसम्म हवाई भाडा घटाएका छन्।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  ९ : ३८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको