नेपालका वायुसेवा कम्पनीले घटाए हवाई भाडा « Khabarhub

नेपालका वायुसेवा कम्पनीले घटाए हवाई भाडा


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा घटाएका छन्। सरकारले आन्तरिक हवाई इन्धनको मूल्यमा ४ रुपैयाँ ५० पैसाले घटाएसँगै कम्पनीले शुक्रबारदेखि लागु हुने गरी हवाई भाडादर केही घटाएका छन्।

विमान कम्पनीले कम्तीमा २५ रुपैयाँदेखि बढीमा २ सय रुपैयाँ हवाइ भाडा घटाएको नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए। हवाई कम्पनीले काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा १५० रुपैयाँ घटाएको छ।

पोखरा, भरतपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, धनगढीको भाडा मुल्यमा क्रमशः ७५, ४५, ११०, ६०, ४०, ९५, २०० रुपैयाँ घटेको छ।

यस्तै, नेपालगंज, भद्रपुर, तुमलिङ्गटार, राजविराज, लुक्ला र जोमसोमको भाडा मूल्यमा क्रमशः १५०, १३५, ८०, १५५, ९०, ६० र २५ रुपैयाँ घटेको छ।

कम्पनीले काठमाडौं जोमसोमको उडानमा सबैभन्दा कम २५ रुपैयाँ र सबैभन्दा बढी धनगढीमा दुई सय रुपैयाँसम्म हवाई भाडा घटाएका छन्।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ९ : ३८ बजे

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल