कोरोनाको त्रासले काठमाडौं छोड्नेको संख्या बढ्दै « Khabarhub

कोरोनाको त्रासले काठमाडौं छोड्नेको संख्या बढ्दै


६ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कारोना भाइरसको सन्त्रासले उपत्यकाबाट बाहिरिनेको संख्या बढेको छ ।

बुधबार सरकारले कोरोना भाइरसबाट जोगिन भन्दै स्कुल, कलेज, सिनेमा घर, रंगशालालगायतका मानिस बढी भेला हुने स्थान बन्द गर्न निर्देशन दिएको थियो । त्यस्तै आजबाट शुरु हुने एसर्ईई तथा विश्वविद्यालयका सम्पूर्ण परीक्षा पनि स्थगित गर्न निर्देशन दिएको छ ।

एक महिना स्कुल कलेज बन्द भएपछि अध्ययनका लागि काठमाडौ बस्ने विद्यार्थीहरु धमाधम घर फर्किन लागेका हुन् ।

त्यस्तै रोजगारीका क्रममा उपत्यका बस्ने अभिभावकहरुले पनि कारोना त्रासले आफ्नो छोराछोरीलाई गाँउ पठाउन लागेका छन् । अचानक स्कुल कलेज बन्द भएर गाँउ फर्कनेको संख्या बढेपछि बसपार्कमा भिड बढेको राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए ।

अहिले दशैँ तिहारमा जस्तै उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्या अचानक बढेको उनले बताए । उनका अनुसार बिहीबार मात्र काठमाडौंबाट १ लाख भन्दा बढी मानिस बाहिरिएका छन् । बुधबार र बिहीबार झण्डै २ लाख यात्रु बाहिरएको ट्राफिक महाशाखाको तथ्यांक छ । शुक्रबारबाट अझ बढ्ने अनुमान गरिएको छ ।

अहिले नागढुङ्गा, जगाती, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्यामा पनि वृद्धि भएको छ ।

महानगरिय ट्रफिक महाशाखाका प्रवक्ता, प्रहरी उपरीषक जीवनकुमार श्रेष्ठका अनुसार आज बिहानैदेखि काठमाडौँको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भीड लागेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  ११ : ०९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको