कोरोना संकट : बेलायती महारानीको जन्मदिन सामान्यरुपमा मनाइने, सलामी नदिइने « Khabarhub

कोरोना संकट : बेलायती महारानीको जन्मदिन सामान्यरुपमा मनाइने, सलामी नदिइने


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत- कोरोनाभाइरस सङ्कटका कारण बेलायती महारानी एलिजावेथ द्वित्तीयलाई जन्मदिनका दिन दिइने परम्परागत सलामीको कार्यक्रम यसवर्ष नहुने र जन्मदिनलाई सामान्यरूपमा मनाइने बकिङ्गम प्यालेसले शनिबार जानकारी गराएको छ ।

दरबार श्रोतले एएफपीसँग भन्यो, “महारानीको जन्मोत्सवका दिन मङ्गलबार त्यहाँ कुनै बन्दूक पड्काएर सलामी (सम्मान) हुनेछैन ।

महारानीले अहिलेको विसम परिस्थितिका कारण बन्दुकको सलामी र अन्य कुनै विशेष कार्यक्रम नगर्न इच्छा प्रकट गर्नुभएकोले उक्त कार्यक्रमलाई यस वर्ष नगरिने भएको हो ।”

महारानी मङ्गलबार (अप्रिल २१) मा ९४ वर्ष लाग्नेछिन् । उनले विरलै राष्ट्रिय सम्बोधन गर्ने भएपनि इशाईहरूको धार्मिक पर्व इस्टरमा गरेको सम्बोधनमा उनले कोरोनाभाइरस सङ्क्रमणको स्वास्थ्य समस्याबाट छिट्टै मुक्त हुने विश्वास व्यक्त गरेकी थिइन् ।

महारानीले उक्त सम्बोधनमा भनिन्, “हामीलाई विश्वास छ कोरोनाभाइरसले समस्त मानव जातिलाई जित्न सक्दैन ।”

उनले कोरोनाविरूद्धको सङ्कट हटेपछि देशमा बन्दाबन्दी (लकडाउन) पनि हट्ने छ र त्यसपछि आफू सार्वजनिक रूपमा उपस्थित हुने विश्वास उक्त सम्बोधनमा व्यक्त गरिन् ।

कोरोनाभाइरसको विश्वव्यापी प्रकोपका कारण शनिबारसम्ममा विश्वमा एक लाख ५५ हजार १९० जनाको मृत्यु भइसकेको छ भने २२ लाख ६९ हजार १४३ व्यक्ति सङ्क्रमित भएका छन् ।

सुरूमा चीनमा पत्ता लागेको यो भाइरस सङ्क्रमणका कारण शनिबार सम्ममा सबैभन्दा बढी सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या अमेरिकामा रहेको छ । सङ्क्रमणका कारण बढी प्रभावित हुने अन्य मुलुकहरूमा स्पेन, इटली, फ्रान्स, जर्मनी र बेलायत अग्रस्थानमा पर्छन् ।

मृत्यु र सङ्क्रमणका हिसाबले बेलायत पनि छैठौँ स्थानमा रहेको छ । सङ्क्रमितको सङ्ख्या रोक्ने एउटा उपायका रूपमा बेलायतको सरकारले गत महिनादेखि बन्दाबन्दी (लकडाउन) आदेश जारी गरेको थियो ।

सङ्क्रमण दर नियन्त्रणमा नआएपछि यो हप्ता सरकारले लकडाउनको अवधि थप तीन हप्ताको लागि बढाएको छ । बेलायतमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ हजार ५ भन्दा धेरै पुगेको छ भने एक लाख आठ हजार ६९२ व्यक्ति सङ्क्रमित रहेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १० : ४० बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र