कोरोना कोषमा जिल्ला समन्वय समिति खोटाङका पदाधिकारीको सहयोग « Khabarhub

कोरोना कोषमा जिल्ला समन्वय समिति खोटाङका पदाधिकारीको सहयोग


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ । जिल्ला समन्वय समिति खोटाङका पदाधिकारीले आफ्नो सेवा सुविधावापतको रकम ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा जम्मा गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, उपप्रमुख गोमादेवी खत्री र अन्य सात सदस्यले आफ्नो सेवासुविधावापतको एक लाख पाँच हजार रकम प्रदेश सरकारको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा जम्मा गरेका हुन् ।

जिसस प्रमुख चाम्लिङले चैत महिनाको १५ दिनको २२ हजार र उपप्रमुख खत्रीले २२ हजार ५०० तथा अन्य सात सदस्यले १२ दिनको आठ/आठ हजारका दरले कोषमा रकम जम्मा गरेका हुन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा जुटेको प्रदेश सरकारको अभियानमा सघाउ पुर्‍याउन सेवासुविधावापतको रकम जम्मा गरिएको प्रमुख चाम्लिङले बताए ।

सेवासुविधावापतको रकम प्रदेश नं १ जनसुरक्षा कोषको नाममा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय विराटनगरमा खोलिएको खातामा जम्मा गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १० : ५१ बजे

अप्रिलमा एक लाख सात हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं – सन् २०२६ को अप्रिल महिनामा एक लाख सात

पाँच लाख धरौटी तिरेर छुटेलगत्तै शेखर गोल्छा बीमासम्बन्धि कसुरमा पुनः पक्राउ

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धितोपत्र

हितेन्द्रदेव शाक्यसहित विद्युत प्राधिकरणअन्तर्गतका १० जना पदमुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलयातलाई

चालकले अटेर गर्दा रोशीको बाढीमा फसे ५ माइक्रो

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी खोलाको बाढीमा ५ वटा माइक्रो बस

काभ्रेको रोशी खोलामा ५ माइक्रोबस फसे, उद्धार प्रयास जारी

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा ५ वटा