आमिर खानको ‘लाल सिंह चड्ढा’ लाई पनि कोरोना ग्रहण « Khabarhub

आमिर खानको ‘लाल सिंह चड्ढा’ लाई पनि कोरोना ग्रहण


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कोरोना भाइरसको प्रकोप घट्नुको सट्टा बढ्दै गइरहेको छ । भाइरसका कारण विश्वभर मानिसको जनजीवन प्रभावित बनेको छ । बलिउड पनि कोरोनाका कारण ठूलो घाटामा छ ।

भाइरसकै कारण अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ र रणवीर सिंहको ‘८३’ को रिलिज मिति स्थगित गरिएको थियो । यतिबेला खबर आएको छ कि, आमिर खानको आगामी फिल्म ‘लाल सिंह चड्ढा’ मा पनि कोरोनाको ग्रहण लागेको छ ।

यो फिल्म आगामी क्रिसमसमा रिलिज गर्ने तयारी गरिएको थियो । अब भने फिल्म अर्को वर्षका लागि पोस्टपोन्ड गरिएको भारतीय मिडियाले जनाएका छन् ।

मेकरले पनि यस्तो संकटको अवस्थामा फिल्म प्रदर्शन गर्न चाहँदैनन् । अहिलेसम्म फिल्मको नयाँ मितिलाई लिएर कुनै आधिकारिक घोषणा गरिएको छैन ।

अद्वैत चन्दनको निर्देशनमा बनेको यो फिल्म हलिउड फिल्म ‘फरेस्ट गम्प’ को रिमेक हो । फिल्ममा आमिर खानसँगै करीना कपूर खान, मोना सिंह र दक्षिण भारतीय अभिनेता विजय सेतुपतिको पनि शीर्ष भूमिका रहनेछ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ११ : ३५ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन