सन्तुलित विकास हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सुझाव | Khabarhub Khabarhub

सन्तुलित विकास हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सुझाव


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशसभा लेखा समितिका सदस्यहरुले सन्तुलित विकास हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

सबै क्षेत्रको सन्तुलित विकास हुनेगरी बजेट नल्याए त्यसले असन्तुष्टि जन्माउने र त्यो विद्रोहको रूपमा परिणत हुनेतर्फ पनि उनीहरुले सरकारलाई सचेत गराएको छ ।

सोमबार सुदूरपश्चिम प्रदेशसभा लेखा समितिको बैठकमा बोल्दै उनीहरुले पहुँच र प्रभावको आधारमा नभइ जनताको आवश्यकताको आधारमा प्रदेशअन्तर्गतको सबै निर्वाचन क्षेत्रमा सन्तुलित बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

समितिका सभापति नन्दा कुमारी बमले कोरोना प्रभावितका लागि विशेष राहत कार्यक्रम ल्याउन, क्वारेन्टाइनलाई व्यवस्थित बनाउन तथा परीक्षणको दायरा बढाउनेलगायतको सुझाव दिइएको बताए । समितिका सदस्यहरूले मन्त्रालयलाई सबै क्षेत्र समेटिने गरी बजेट ल्याउन सुझाव दिएको पनि उनले बताए ।

“विगतका वर्षहरूमा ल्याइएको डल्लो बजेटका कारण योजना कार्यान्वयनको अवस्था फितलो हुने भएकाले सबै योजना रातो किताबमै समेटिने गरी बजेट ल्याउन सदस्यहरूको सुझाव छ”, उनले भने, “सांसद पूर्वाधार विकासका योजनाहरू पनि रातो किताबमै समेट्न सुझाव दिएका छौँ ।” सभापति बमले भने , “प्रदेश सुशासन ऐनलाई पालना नगरेको पाइएकाले अब उप्रान्त सबै ऐन पालना गर्न सरकारलाई आग्रह गरिएको छ ।”

समितिका सदस्य अमरबहादुर साउदले विगतका वर्षहरूमा भएका कमीकमजोरीलाई सच्याएर आगामी बजेट ल्याउन सुझाव दिएको बताउँदै सबै निर्वाचन क्षेत्रमा सन्तुलित बजेट विनियोजन गर्न आग्रह गरिएको बताए ।

प्रदेश पूर्वाधार विकास कार्यक्रमले प्रत्यक्ष तथा समानुपातिक प्रदेशसभा सदस्यहरूमा विभेद गराइएको भन्दै यो कार्यक्रमलाई हटाएर सरकारले सबै सदस्यलाई सम्मानजनक ढङ्गले सांसद विकास कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएको समितिले जनाएको छ ।

बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले सबै क्षेत्रको सन्तुलित विकास हुने गरी आगामी आर्थिक वर्षको बजेट ल्याइने बताउँदै कोरोनाका कारण अवरुद्ध भएका योजनालाई समेत पूर्ण कार्यान्वयन हुने गरी आगामी बजेट ल्याउने जानकारी दिए ।

किसानलाई कृषि उपकरण वितरण

कैलालीस्थित कैलारी गाउँपालिका—७ स्थित हरियाली गहुँ पकेट क्षेत्रका किसानलाई अनुदानमा कृषियन्त्र र उपकरण प्रदान गरिएको छ ।

मुख्यमन्त्री नमूना कृषिगाउँ कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र कञ्चनपुरले ५० प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र र उपकरण प्रदान गरेको हो । यन्त्र र उपकरणमा किसानको ५० प्रतिशत लगानी रहेको जनाइएको छ । हरियाली गहुँ पकेट सञ्चालन समितिमार्फत किसानलाई सो कृषियन्त्र र उपकरण वितरण गरिएको समितिका अध्यक्ष पार्वती चौधरीले बताए । सो गाउँपालिकाका किसानलाई २१ पावर टिलर, २० रिपर र दुई सीडड्रिल वितरण गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले सो कृषियन्त्र र उपकरण किसानलाई हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ११ : ०३ बजे

दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी – दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु

झापामा दुई पुरुष मृत भेटिए

दमक– जिल्लाको दमक र कमल गाउँपालिकामा आज बिहान एक वृद्धसहित

बगहीमा नेपाल-भारतको साझा छठघाट

महोत्तरी– महोत्तरी र धनुषाको सीमामा रहेको  बिगही नदीमा नेपाल(भारतको साझा

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

काठमाडौं– जेन-जी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए

दार्चुलाका ३३ वडामा अनलाइनबाटै नागरिकता सिफारिस सुरु

दार्चुला– यहाँका नौ स्थानीय तहका ३३ वडाले अनलाइन प्रणालीमार्फत नागरिकताको