रुकुम घटनाका प्रतिवादीको बयान सकिएसँगै आजबाट थुनछेक बहस « Khabarhub

रुकुम घटनाका प्रतिवादीको बयान सकिएसँगै आजबाट थुनछेक बहस


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ६ जनाको ज्यान जानेगरी भएको सोती चौरजहारी घटनाको आजदेखि रुकुम अदालतमा थुनछेक बहस शुरु हुने भएको छ ।

विहीबार सबै प्रतिवादीको बयान सकिएसँगै शुक्रबारबाट दुबै पक्षका कानून व्यवसायीले बहस गर्न लागेका हुन् ।

कानून व्यवसायी वरिष्ठ अधिवक्ताहरु डा.नवराज गौतम र दिनेश त्रीपाठी, अधिवक्ता श्याम बिक, मोहन साशन्कर, आरसी गौतम, तेजेन्द्र पाण्डेय र मनिसा रोकाया लगायतले पीडितको तर्फबाट बहस गर्दैछन् ।

त्यसैगरी प्रतिवादीका तर्फबाट अधिवक्ताहरु भुवनेश्वर उपाध्याय, गणेश हमाल, रत्नबहादुर खड्का र भक्तबहादुर मल्ल लगायतले बहस गर्नेछन् ।

मुद्दा दर्ता भएको चार दिनपछि पक्राउ परेका सबै २९ प्रतिवादीको रुकुम अदालतमा विहीबार बयान सकिएको हो ।

पहिलो दिन सोमबार दुई नाबालक, दोस्रो दिन मंगलबार नौ, तेस्रो दिन बुधबार १० र चौथो दिन आज आठ प्रतिवादीको बयान लिइएको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।

जाजरकोटका पाँच र रुकुम(पश्चिम)का एक गरी ६ युवाको ज्यान जाने गरी गत जेठ १० गते भएको घटनामा संलग्न रहेको आरोपसहित जिल्ला सरकारी वकिल कार्यालयले पक्राउ परेका २९ जना र फरार रहेका पाँच जनासमेत गरी ३४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

सोती गाउँका ३३ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत कसूरमा तथा जाजरकोटका एक जनाविरुद्ध मतियार कसूरमा मुद्दा लागेको छ ।

घटनामा संलग्न भएको आरोपमा मुद्दा लागेका दुई नाबालकलाई भने अदालतले सोमबार मुद्दा पुर्पक्षका लागि बालगृहमा पठाउन आदेश दिएको थियो । उक्त आदेशानुसार प्रहरीले केटालाई नेपालगञ्ज र केटीलाई भक्तपुरको बालसुधारगृहमा पठाएको छ ।

यसैबीच फरार प्रतिवादीका हकमा भने अब अदालतले भनेअनुसार हुने जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

मुद्दा अदालतमा गइसकेकाले अदालतले पक्राउको चिठ्ठी पठाएपछि फरार प्रतिवादीलाई पक्राउ गरिने उनको भनाइ छ ।प्रतिवादी तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमवहादुर बुढा फरार छन् ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  १० : ०३ बजे

कानुन विपरित गतिविधि गर्ने तीन फर्ममाथि जरिवाना

काठमाडौँ– खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ

चिकित्सकको त्रुटिविरुद्ध सर्वोच्चको आदेश- ‘पीडितको शारीरिक- मानसिक क्षति राज्यले भर्नुपर्छ’

काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा झण्डै २ दशकअघि भएको

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको