लद्दाखमा भारतीय सेनासँगको भिडन्तसँगै चिनियाँ सेनाद्वारा तिब्बतमा सैन्य अभ्यास | Khabarhub Khabarhub

लद्दाखमा भारतीय सेनासँगको भिडन्तसँगै चिनियाँ सेनाद्वारा तिब्बतमा सैन्य अभ्यास


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  लद्दाखको गलवान भ्यालीमा भएको हिंसात्मक भिडन्तसँगै चीनले आफ्नो सैन्य शक्तिलाई सीमा क्षेत्रमा केन्द्रित गरेको छ ।

बिहीबार तिब्बत अटोनोमस रिजनमा ठूलो सैन्य अभ्यास गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । युद्धक ट्याङ्क, फाइटल जेटसहित चिनियाँ सेनाले अभ्यास गरेको जनाइएको छ ।

चिनियाँ जनमुक्ति सेनाले आफूसँग उपलब्ध क्षमताको परीक्षण गरेको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भौगोलिक अवस्था अनुसार लडाकु जहाज, उपलब्ध सैन्य ट्याङ्कलगायतको परीक्षण गरिएको जनाइएको छ ।

चीन सरकारले यो सैन्य अभ्यासका लागि विभिन्न ठाउँबाट हतियार, सैनिक, ट्याङ्क, बख्तरबन्द गाडी, लडाकु जहाज र नयाँ हतियारसमेत जम्मा गरेको थियो ।

नयाँ हतियार टाइप-१५ लाइटवेट ट्याङ्क, एचजे १० एन्टी ट्याङ्क मिसाइल लगायत पनि अभ्यासमा सामेल गरिएको थियो ।

चिनियाँ जनमुक्ति सेनाले यो अभ्यास ४ हजार ७ सय मिटर भन्दा धेरैको उचाइमा गरेको थियो । मल्टिपल रकेट लन्चर, तोप र एन्टि एयरक्राफ्ट सिस्टमको पनि प्रयोग गरिएको थियो । चिनियाँ जनमुक्ति सेनाको वायु सेनाले रातभर सबै प्रकारका अभ्यास गरेको जनाइएको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ५ : ५२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र