जनप्रतिनिधिले खादा र मिठाई बाँडेर बिदाई गरेका ७ जनाको रिपोर्ट पोजेटिभ « Khabarhub

जनप्रतिनिधिले खादा र मिठाई बाँडेर बिदाई गरेका ७ जनाको रिपोर्ट पोजेटिभ


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- आइसोलेसनमा बसेर घर पठाइएका ७ जनामा कोरोनो पोजेटिभ देखिएको छ । बिहीबार घर पठाउने क्रममा उनीहरुलाई प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष, स्वास्थ्य कार्यालय प्रमुख, वडाअध्यक्षले खादा र मिठाई खुवाएर बिदाई गरेका थिए ।

समाचार संकलनका लागि दुई पत्रकार पनि पुगेका थिए । पत्रकारहरुले टाढैबाट फोटो खिचे पनि जनप्रतिनिधिहरुले भने उनीहरुलाई खादा ओढाउँदै मिठाई हात हातमा बाँडेका थिए ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका उनीहरुलाई भारतबाट आएपछि क्वारेन्टाइनमा राखिएको थियो । स्वाब संकलनका क्रममा पोजेटिभ देखिएपछि उनीहरुलाई पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा पठाइएको थियो ।

आइसोलेनमा बसेका उनीहरुको पुनः स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । १४ दिन आइसोलेसनमा बसेका उनीहरुलाई रिपोर्ट नआउँदै घर पठाइएको हो ।

शुक्रबार बिहान उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए ।

“आइसोलेसनमा बसेकाहरुलाई परीक्षण नगरी घर पठाउने आदेश छ । तै पनि हामीले उनीहरुको स्वाब संकलन गरेर पठाएका थियौं । रिपोर्ट नआउँदै घर पठाइएका उनीहरुमा पुन पोजेटिभ देखियो, ” ढकालले भने ।

त्यसैगरी आरडीटी नेगेटिभ देखिएपछि घर पठाइएका सोही गाउँपालिकाका अर्का एक जनामा पोजेटिभ देखिको छ । क्वारेन्टाइनमा बस्दा उनीसँगै बसेकाको रिपोर्ट पोजेटिभ आएपछि कन्ट्रयाक ट्रेसिङ्गका क्रममा उनको स्वाब संकलन गरिएको थियो ।

क्वारेन्टाइनमा बस्दा संक्रमितसँग सुर्ती मागेर खाएको बताएपछि कन्ट्रयाक ट्रेसिङ्ग गरिएको थियो । १५ दिनसम्म घर बसेका उनको पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय प्रमुख ढकालले बताए । उनीसँग सम्पर्कमा आएका व्यक्तिहरुको पनि कन्ट्रयाक ट्रेसिङ्ग गरिने छ । संक्रमित देखिएकाहरुमा कोरोनाको लक्षण नदेखिएको ढकालले जानकारी दिए ।

सरकारको निर्देशनअनुसार संक्रमित देखिएका सबैलाई होम आइसोलेसनमा बस्ने गरी कागज बनाएर घर पठाइएको स्वास्थ्य कार्यालय प्रमुख ढकालले जानकारी दिए । पाल्हीनन्दनमा मात्र संक्रमितको संख्या १२ पुगेको छ । जिल्लाभर ५० जना संक्रमित फेला परेका छन् ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ९ : १९ बजे

मधेश पुगेर प्रचण्डले भने- कम्युनिस्ट बलियो नभए देश ठूलो दुर्घटनामा पर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउसोको सेवा बन्द हुने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले त्रिभुवन विश्वविद्यालय दिवसका अवसरमा साउन

देशभर विपद्का ४७ घटना ३ जनाको मृत्यु, ८ घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ४७ वटा विपद्जन्य घटना भएका

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला क्षेत्रको संरक्षण, प्रवर्द्धन, रोजगारी सिर्जना तथा

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका