पहिराले सात परिवार जोखिममा « Khabarhub

पहिराले सात परिवार जोखिममा


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बाजुरा जिल्लाका अधिकांश बस्ती पहिराको उच्च जोखिममा रहेका छन् । सदरमुकामलगायत अन्य बस्ती अविरल वर्षाका कारण पहिराको जोखिममा रहेको पाइएको छ ।

बडीमालिका नगरपालिका–७ माउलेख गाउँ पहिराको उच्च जोखिममा रहेको छ । अविरल वर्षाका कारण पहिरो आउन थालेपछि जोखिममा रहेको स्थानीयवासी हरिचन्द्र पाध्यायले बताए । सो गाउँमा बस्ने सात परिवारको पहिराले गर्दा विस्थापित हुनुपर्ने अवस्था रहेको जनाइएको छ ।

अविरल वर्षाका कारण माउलेख बस्ती नजीकै तलबाट पहिरो बग्न थालेपछि जोखिम बढेको हो । पहिराको जोखिममा रहेका परिवार पानी परेको दिन एकै घरमा भेला भएर रातभर जाग्राम बस्ने गरेको स्थानीय पत्रकार हेमराज उपाध्यायले जानकारी दिए ।

नगरपालिका–७ जिल्ली र रजातोलीका बस्ती नै पहिराको जोखिममा छन् । वडा नै जोखिममा भए पनि सो गाउँको तलपट्टिबाट पहिरो बग्न थालेपछि झनै जोखिम बढेको पत्रकार उपाध्यायको भनाइ छ । वर्षाले सोही वडाको जिल्लीमा रहेको लक्ष्मी माविमा समेत क्षति पुर्‍याएको विद्यालयले जनाएको छ ।

विद्यालय नजीकैबाट पहिरो आएर लाखौँको क्षति भएको छ । पहिराका कारण विद्यालयसहित नजीकको टोल पनि उच्च जोखिममा रहेको वडा नं ७ का वडा सदस्य धनलाल पाध्यायले बताए ।

जिल्लीदेखि रजातोली जोड्ने बाटोसमेत बन्द भएको छ । जिल्ली–माउलेखमा गएको पहिराका कारण गाउँबाट आवतजावत रोकिएको छ ।

पहिराले बाटो पूर्ण रुपमा बन्द भएपछि आवतजावत नै ठप्प भएको हो । पहिराले बगाएको गोरेटो बाटो नबन्दा दुई गाउँको सम्बन्ध नै विच्छेद भएको पत्रकार उपाध्यायले बताए ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १ : ५८ बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको