के नेपाली फिल्म क्षेत्रमा गुप्रिजम छ ? | Khabarhub Khabarhub

के नेपाली फिल्म क्षेत्रमा गुप्रिजम छ ?


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा नेपोटिज्मको बहस चर्को रुपमा भइरहेको छ । यसको प्रभाव नेपाली फिल्म क्षेत्रमा पनि परेको छ ।

नेपालमा शुरुमा नेपोटिज्ममाथि बहस भए पनि पछिल्लो समय भने ‘गुप्रिजम’ (समूह बनाएर काम गर्ने) हाबी भएको विषय चर्चामा छ । केही फिल्मकर्मीले नेपालमा गुप्रिजम नभएको दाबी गर्दै आएका छन् । तर, फिल्म क्षेत्रलाई नजिकबाट नियाल्ने हो भने ग्रुपिजम हाबी भएको देख्न सकिन्छ ।

हास्यकलाकार धेरै भएको ‘छक्का पञ्जा’ टिमको पनि आफ्नै समूह (ग्रुप) छ । उक्त समूहका धेरै कलाकार दोहोरिन्छन् । तर, छुट्दैनन् ।

दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे लगायतका कलाकारको एउटा जम्बो टिम छ ।

उनीहरुले बनाउने फिल्ममा दीपकराज गिरी शीर्ष भूमिकामा हुने पहिले नै अनुमान गर्न सकिन्छ ।

यता पूजा शर्मा र सुदर्शन थापाले पनि हरेक फिल्ममा मिलेर काम गरिरहेका छन् । तर, उनीहरु यसलाई ग्रुपिजम मान्न तयार छैनन् ।

सुदर्शनले निर्देशन गर्ने फिल्ममा पूजा शर्मा शीर्ष भूमिकामा देखिँदै आएकी छिन् ।

यता अर्का निर्देशक रामबाबु गुरुङका फिल्ममा दयाहाङ राई टुट्दैनन् । उनका हरेक फिल्ममा उनै कलाकार दोहोरिएको देख्न सकिन्छ । कथानक जस्तो भए पनि कलाकार उनै अनुबन्ध गराउने काम गुरुङले गरिरहेका छन् ।

कलाकार उनै भएकाले पनि रामबाबु गुरुङका फिल्म ‘कबड्डी’ फ्लेबरबाट खासै फरक पाइँदैनन् ।

कलाकारहरुले खासै गुप्रिजम नगरे पनि फिल्मकर्मीमा भने यस्ता समूहगत काम भइरहेका हुन्छन् । यसलाई कतिले फिल्म स्तरीय बनाउने हेतुले गरिएको टिमअपका रुपमा हेर्छन् भने कतिपय गुप्रिजम गरेर अरु कलाकारलाई मौका नदिएको बताउँछन् ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ३ : २४ बजे

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई