के नेपाली फिल्म क्षेत्रमा गुप्रिजम छ ? « Khabarhub

के नेपाली फिल्म क्षेत्रमा गुप्रिजम छ ?


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा नेपोटिज्मको बहस चर्को रुपमा भइरहेको छ । यसको प्रभाव नेपाली फिल्म क्षेत्रमा पनि परेको छ ।

नेपालमा शुरुमा नेपोटिज्ममाथि बहस भए पनि पछिल्लो समय भने ‘गुप्रिजम’ (समूह बनाएर काम गर्ने) हाबी भएको विषय चर्चामा छ । केही फिल्मकर्मीले नेपालमा गुप्रिजम नभएको दाबी गर्दै आएका छन् । तर, फिल्म क्षेत्रलाई नजिकबाट नियाल्ने हो भने ग्रुपिजम हाबी भएको देख्न सकिन्छ ।

हास्यकलाकार धेरै भएको ‘छक्का पञ्जा’ टिमको पनि आफ्नै समूह (ग्रुप) छ । उक्त समूहका धेरै कलाकार दोहोरिन्छन् । तर, छुट्दैनन् ।

दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे लगायतका कलाकारको एउटा जम्बो टिम छ ।

उनीहरुले बनाउने फिल्ममा दीपकराज गिरी शीर्ष भूमिकामा हुने पहिले नै अनुमान गर्न सकिन्छ ।

यता पूजा शर्मा र सुदर्शन थापाले पनि हरेक फिल्ममा मिलेर काम गरिरहेका छन् । तर, उनीहरु यसलाई ग्रुपिजम मान्न तयार छैनन् ।

सुदर्शनले निर्देशन गर्ने फिल्ममा पूजा शर्मा शीर्ष भूमिकामा देखिँदै आएकी छिन् ।

यता अर्का निर्देशक रामबाबु गुरुङका फिल्ममा दयाहाङ राई टुट्दैनन् । उनका हरेक फिल्ममा उनै कलाकार दोहोरिएको देख्न सकिन्छ । कथानक जस्तो भए पनि कलाकार उनै अनुबन्ध गराउने काम गुरुङले गरिरहेका छन् ।

कलाकार उनै भएकाले पनि रामबाबु गुरुङका फिल्म ‘कबड्डी’ फ्लेबरबाट खासै फरक पाइँदैनन् ।

कलाकारहरुले खासै गुप्रिजम नगरे पनि फिल्मकर्मीमा भने यस्ता समूहगत काम भइरहेका हुन्छन् । यसलाई कतिले फिल्म स्तरीय बनाउने हेतुले गरिएको टिमअपका रुपमा हेर्छन् भने कतिपय गुप्रिजम गरेर अरु कलाकारलाई मौका नदिएको बताउँछन् ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ३ : २४ बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता