आज ६८१ संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित) | Khabarhub Khabarhub

आज ६८१ संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)

कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुग्यो


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा बुधलबार थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । संक्रमित मध्ये २१६ जना महिला र ४६५ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार ११ हजार १ सय १८ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ५२२ जनाको कोरोना परीक्षण गरिएको थियो ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा ओखलढुंगाका एकजना महिला, झापाका १६ जना पुरुष र पाँचथरका पुरुष, मोरङका २८ जना महिला र ४१ जना पुरुष, सुनसरीका ५ जना महिला र ३१ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ७ जना महिला र २१ जना पुरुष, पर्साका ३४ जना महिला र ७४ जना पुरुष, बाराका ५ जना महिला, १० जना पुरुष, महोत्तरीका ३ जना महिला र ९ जना पुरुष, रौतहटका एकजना महिला र ३ जना पुरुष, सप्तरीका १३ जना पुरुष, सर्लाहीका ४ जना महिला र १५ जना पुरुष, सिरहाका ४ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ४५ जना महिला र ८९ जना पुरुष , चितवनका १५ जना महिला र ९ जना पुरुष, धादिङका एकजना पुरुष, भक्तपुरका २ जना महिला र ६ जना पुरुष, ललितपुरका ७ जना महिला र १० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ५ जना पुरुष, गोरखाका एक महिला र २ जना पुरुष, तनहुँका ४ जना पुरुष, नवलपरासी पूर्वका २ महिला र १० जना पुरुष, लमजुङका ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा कपिलवस्तुका एकजना महिला र ५ जना पुरुष, दाङका ३ जना पुरुष, नवलपरासी पश्चितमका एक महिला, पाल्पाका एकजना पुरुष, प्युठानका २ जना पुरुष, बर्दियाका २ जना पुरुष र बाँकेका ८ महिला र १० जना पुरुष र रुपन्देहीमा २३ महिला र २९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा जुम्लाका २ जना महिला र ७ जना पुरुष, डोल्पाका एकजना पुरुष, दैलेखमा एकजना महिला र ३ जना पुरुष, सल्यानका ५ जना महिला र १२ जना पुरुष, सुर्खेतका ७ जना महिला र ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका ३ जना पुरुष, कैलालीका २ जना महिला र एकजना पुरुष, डोटीमा २ महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ सय भन्दा बढी कोरोना संक्रमित भएका ५ जिल्ला

पर्सा
महोत्तरी
रौतहट
काठमाडौं
मोरङ

हाल कोरोना संक्रमित नभएका ४ जिल्ला

डोल्पा
हुम्ला
मनाङ
मुस्ताङ

२४ घण्टामा थप १२० जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ७०० पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

कुन प्रदेशमा कति संक्रमण मुक्त ?

प्रदेश १ मा ११४४ जना

प्रदेश २ मा ३७९३ जना

वाग्मती प्रदेश ७२४ जना

गण्डकी प्रदेशमा १५६८ जना

प्रदेश ५ मा ४२९० जना

कर्णाली प्रदेशमा १९६१ जना

सुदूरपश्चिम प्रदेशमा ४२२० जना

मन्त्रालयका अनुसार बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२० पुगेको छ । मन्त्रालयका अनुसार आज काठमाडौं र बर्दियामा एक-एक जना पुरुष तथा मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक-एक जना महिलाको कोरोनाले मृत्यु भएको छ ।

हालसम्म कुन प्रदेशमा कति जनाले ज्यान गुमाए ?

प्रदेश नं. १ – ११ पुरुष, ३ महिला

प्रदेश नं. २ – ३६ पुरुष, ११ महिला

बाग्मती प्रदेश- १४ पुरुष, ८ महिला

गण्डकी प्रदेश- ७ पुरुष , १ महिला

प्रदेश नं. ५ – १२ पुरुष, ३ महिला

कर्णाली प्रदेश – ४ पुरुष

सुदूरपश्चिम प्रदेश- ५ पुरुष र ३ महिला

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ४ : ५६ बजे

नेपाली केराले नै दसैँ–तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

काठमाडौं– केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ–तिहार र छठ

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको क्षति विवरण सार्वजनिक

लुम्बिनी– जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज

आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी

बागमती– जेन–जी आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट

भद्रकाली मन्दिर परिसरमा विश्वकर्मा पूजा गर्नेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं