सीपीएल क्रिकेट : पहिलो खेलमा सन्दीपको टोली ५ विकेटले विजयी « Khabarhub

सीपीएल क्रिकेट : पहिलो खेलमा सन्दीपको टोली ५ विकेटले विजयी


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट अन्तर्गतको नेपाली युवा स्पिनर सन्दीप लामिछाने सामेल टोली जमाइका तलाहवाजले वजयी शुरुवात गरेको छ ।

सेन्ट लुसिया जुक्ससँग भएको खेलमा जमैका तलाहवाजले पाँच विकेटको जित हात पारेको हो ।

१८.५ ओभरमा १६० रन बनाउँदै तलाहवाजले निर्धारित लक्ष्य पूरा गरेको थियो । यसअघि ब्याटिङ गरेको लुसिया जुक्सले १५९ रनको  विजयी लक्ष्य प्रस्तुत गरेको थियो ।

जमैका तलाहवाजबाट खेलिरहेका सन्दीपले आफ्नो चार ओभरको स्पेलको अन्तिम ओभरमा एक विकेट लिन सफल भएका थिए । उनको आजको खेल औसत रह्यो ।

सेन्ट लुसिया जुक्ससँगको खेलमा सन्दीपले अफगानी खेलाडी नजिबुल्लाह जाद्रानलाई आउट गरेका हुन् ।

२० बलमा २५ रन बनाएर खेलिरहेका जाद्रान ठूलो सट प्रहार गर्ने क्रममा रोभमन पावेलको हातबाट क्याचआउट भएका थिए । आजको खेलमा सन्दीपले ४ ओभरमा २३ रन खर्चदैँ १ विकेट लिएका हुन् ।

टस हारेर ब्याटिङ थालेको जुक्सले ७ विकेट गुमाएर १५८ रन बनाएको थियो ।

उसका लागि रस्टन चेजले ५२ रनको योगदान दिएका थिए । त्यसैगरी जमैकाका मुजिब उर रहमान र ओसेन थोमसले २- २ विकेट लिएका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ११ : २३ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६