विश्वभरका ४ करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण, ११ लाखको मृत्यु « Khabarhub

विश्वभरका ४ करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण, ११ लाखको मृत्यु


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर ४ करोडभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म ४ करोड २ लाख ६३  हजार ७३४ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ लाख २४ हजारभन्दा बढी पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

संक्रमितमध्ये अहिलेसम्म ३ करोड १ लाख ७ हजार ५८ जना निको भएका छन् ।

यस्तै एकै दिन थप ३ हजार ९७१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख १८ हजार १६७ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८३ लाख ८७ हजार पुगेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७५ लाख ८८ हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५२ लाख ३५ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३९ हजार ४७ जनाको मृत्यु भएको छ । ७० लाख ३ हजार १८ जना संक्रमित भएकोमा ३२ लाख ४ हजार ९८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ६ : ५२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु