प्रदेश १ कोरोना अपडेट : २४ घण्टामा ३३२ संक्रमित थपिए, ४६५ डिस्चार्ज « Khabarhub

प्रदेश १ कोरोना अपडेट : २४ घण्टामा ३३२ संक्रमित थपिए, ४६५ डिस्चार्ज


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश १ मा आज ३३२ जना कोरोना संक्रमित थपिएका छन् ।

माेरङमा १४४, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ६, संखुवासभामा ४, इलाममा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार धरानमा १ सय जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४९ महिला र ५१ पुरुष रहेका छन् ।

विराटनगरमा ७१, बेलबारीमा ३१, कानेपोखरीमा १२, सुन्दरहरैचामा ९, पथरीशनिश्चरेमा ६, कटहरी, बुढीगंगा र उर्लाबारीमा ३–३, रतुवामाईमा २, रंगेली, जहदा, ग्रामथान र लेटाङमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरीमा २१, इनरुवा, रामधुनी, झोक्राहानरसिंह र गढीमा २–२, बर्जु र स्थानीय तह नखुलेका १–१, झापाको मेचीनगरमा १०, विर्तामोडमा ९, दमकमा ६, भद्रपुरमा ४, गौरादहमा ३, झापा गाउँपालिकामा २, अर्जुनधारा, बुद्धशान्ति र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता उदयपुरको त्रियुगामा ६, संखुवासभाको धर्मदेवीमा ३ र मादीमा १, इलामको रोङमा १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । याेसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ हजार ९८८ पुगेको छ ।

यस्तै प्रदेश १ मा आज ४६५ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकामा होम आईसोलेसनबाट ४५५, विराट मेडिकल कलेजबाट ७ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ३९ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार १४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएको मध्ये १३२ महिला र २०० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४७ हजार ९९४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ११ : ०१ बजे

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ

१५० दिनमै प्रधानमन्त्री बालेन कमजोर बनेको इन्डिया टुडेको दाबी

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहको नेतृत्वबारे भारतीय सञ्चारमाध्यम