अफगानिस्तानबाट विदेशी सैनिक हटाए ठूलो नोक्सानी खेप्नु पर्ने नेटो प्रमुखको चेतावनी « Khabarhub

अफगानिस्तानबाट विदेशी सैनिक हटाए ठूलो नोक्सानी खेप्नु पर्ने नेटो प्रमुखको चेतावनी


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)का महासचिव जेन्स स्टोल्टेन्बर्गले अफगानिस्तानमा तैनाथ विदेशी सैनिकलाई हतार हतार स्वदेश फर्काइए त्यसबाट अफगानिस्तानको सेनाले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सैनिक ठूलो मात्रामा कटौती गर्ने घोषणाप्रति टिप्पणी गर्दै महासचिव स्टोल्टेन्बर्गले यस्तो चेतावनी दिएका हुन् ।

अफगानिस्तान अझै पनि अन्तर्राष्ट्रिय आतंकवादीको केन्द्रका रुपमा रहने सम्भावना रहेको बताउँदै उनले पश्चिमा मुलुकभित्र आक्रमणका योजना त्यहीबाट बन्न सक्ने चिन्ता व्यक्त गरे ।

महासचिव स्टोल्टेन्बर्गले सिरिया र इराकमा परास्त भएका आइसिसले अफगानिस्तानलाई आफ्नो केन्द्रका रुपमा उभ्याउन सक्ने खतरा रहेको बताए  ।

उनले एक वक्तव्य जारी गर्दै भने, ‘नेटो गठबन्धनले अफगानिस्तानको शान्ति प्रक्रियालाई मद्दत गरेको छ । यस प्रक्रियाको एक हिस्साका रुपमा हामीले ठूलै मात्रामा सैन्य उपस्थितिलाई अफगानिस्तानभित्र सीमित गरिसकेका छौं ।’

अफगानिस्तानमा तैनाथ विदेशी सैनिकको संख्या १२ हजारभन्दा कम भइसकेको छ । त्यसमध्ये आधाभन्दा बढी गैर–अमेरिकी सैनिक छन् ।

अफगानिस्तानबाट अमेरिकी सैनिकको संख्या निरन्तर कटौती गरिए पनि नेटोले अफगान सैनिकलाई तालिम, परामर्श र सहायताका कार्यलाई निरन्तरता दिने स्पष्ट गरिसकेको छ ।

गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै आगामी क्रिसमस अघि नै चार हजार ५०० सैनिक फिर्ता गरिसक्ने बताएका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ६ : १५ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको