रामायण : भगवान रामका सेनाले नगरेको काम लोखर्केले यसरी पूरा गरेको थियो ! « Khabarhub

रामायण : भगवान रामका सेनाले नगरेको काम लोखर्केले यसरी पूरा गरेको थियो !


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रेता युगमा भगवान् विष्णु श्रीरामचन्द्रको अवतारमा आउनुभयो । सो समय धर्मपत्नी देवी सीता जो माता लक्ष्मीको अवतार हुनुहुन्थ्यो । उहाँको अपहरण लंकापति रावणले गरेका थिए ।

तब श्रीरामचन्द्रले बाँदर सेनाको मद्दतबाट देवी सीतालाई मुक्त गर्नको लागि सेतुबंध निर्माण गराइ रहनुभएको थियो । श्रीरामचन्द्र पुलको निर्माणमा शक्तिशालि बाँदर विशाल पर्वतबाट ठुला ठुला पत्थर ल्याएर समुन्द्रमा हालि रहेका थिए । नल-नीलले त्यसलाई सजाएर डिजाइन बनाइरहेका थिए ।

यस प्रकार जब पुलको निर्माण भइरहेको थियो भगवान् श्रीरामचन्द्र लक्ष्मणसँग समुद्र किनारमा बसेर काम हेरिरहनुभएको थियो । यस क्रममा श्रीरामचन्द्रले सानो लोखर्के पानीमा आफ्नो शरिर भिजाएर बालुवामा लडिबडि गरेर बलुवाका कण आफ्नो शारीरमा टसाएर सेतुमा गएर आफ्नो शरीरबाट सबै बालुबा झार्दै गरेको देख्नुभयो |

उहाँ हेर्नुहुन्छ लोखर्केको भिजेको शरिरमा बालुका केही कण लाग्छ फेरी उ पुल निर्माणको स्थलमा पुग्छ जहाँ ठुला ठुला चट्टानको बिचमा गएर झार्छ ।

भगवान श्रीरामचन्द्रले पटक पटक लोखर्के सो क्रिया देखेपछि उहाँलाई उत्सुकता जाग्छ कि ‘यो सानो लोखर्के यहाँ के गरिरहेको छ ?’ यसमाथि भगवान् श्रीरामचन्द्रले लक्ष्मणसद्दग सोध्नुहुन्छ, ‘यो लोखर्के के गरि रहेको छ ?’ तब लक्ष्मणले भन्नुभयो,’यो खेलको आनन्द लिइरहेको छ ।’

श्रीरामचन्द्र मुस्कुराउदै हनुमानलाई बोलाउनुभयो र लोखर्केलाई लिएर आउन भन्नुभयो । हनुमानले लोखर्केलाई भगवान सामु उपस्थित गराउनुभयो ।

भगवान सो लोखर्केलाई सोध्नुहुन्छ, ‘तिमी के गरिरहेका छौ ? के तिमीलाई डर लाग्दैन यति ठुला ठुला पर्वत गिरिरहेको छ । बाँदरहरु हिडिरहेका छन् । यीनिहरुको पैतलाको तल दवियौ भने तिमीलाई हेर्ने पनि कोहि हुनेछैन।’

लोखर्के हात जोडेर निवेदन गर्छ,’ प्रभु ! यी बाँदर ठुला ठुला पत्थर नदिमा हाली रहेका छन् । तर पत्थरको बिचमा जुन दरार छ त्यसलाई कसैले भरि रहेको छैन । मलाई यो डर भयो कि जब प्रभु हिड्नुहुनेछ यो जुन दरार छ, प्वाल छ यस भित्र भगवानक खुट्टा नअड्कियोस । यसैले म बलुवा ल्याएर यीनिहरुमा भरि रहेको छु ।’

लोखर्के भन्छ,’ म यस सेतु बनाउन आफ्नो योगदान दिइरहेको छुँ । तर मलाई थाहा छैन म जस्तो सानो प्राणी यत्रो महान कार्य हेतु के गर्न सक्छु । तर प्रभु म पनि यस अधर्मको विरुद्ध धर्मको लडाईमा म आफ्नो योगदान दिन चहान्छु । मेरा यो कार्य आत्मसन्तुष्टिको लागि हो प्रभु! तर मलाई यस कुराको खेद अवश्य छ कि म सामर्थ्यवान एवं शक्तिशाली प्राणिहरुको भाति तपाईको सहयोग गर्न सकिरहेको छैन ।’

भगवान श्रीरामचन्द्र लोखर्केको कुरा सुनेर भाव विभोर हुनुभयो । भगवान श्रीरामचन्द्रले सो सानो लोखर्केलाई आफ्नो हत्केलामा बसाउनुभयो र उसको शरीरमा माया गर्दै हातले सुमसुमाउनुभयो । भगवान श्रीरामचन्द्रको स्पर्श पाएर लोखर्केको जीवन धन्य भयो ।

भगवान बडो प्रशन्न हुदैभन्नुभयो,’ हेर यो लोखर्के त्यो कार्य गरिरहेको छ जुन ठुला ठुला बाँदर पनि गरिरहेका छैनन । भगवानले लोखर्केको पिठमा हाल राख्नुभयो आज पनि भगवानको पिठमा भगवानको औलाको निशान रहेको किंवदन्ती छ ।

यस प्रकार साना भन्दा साना जनवारले पनि भगवानलाई सहयोग गरेका थिए । जनवारले गरेका यस्ता योगदानले हामीले पनि भगवानको सेवा गर्नुपर्छ भन्ने प्रेरणा दिन्छन् । चाहे त्यो सुक्ष्म रुपबाट होस वा विशाल रुपमा । हाम्रो जीवनको उद्देश्य एकै मात्र सेवामा लगाउनु पर्नेछ । जसबाट सारा संसारको उद्दार होस ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ४ : ४९ बजे

इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि

एजेन्सी– इरानले इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको पुष्टि गर्दै

संविधान संशोधनका लागि अशिम शाह नेतृत्वको कार्यदल, संसद्का सबै दललाई समेट्ने निर्णय

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले संविधान संशोधनका लागि संविधान

संविधान संशोधनको बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन

सहकारी क्षेत्रको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र’

काठमाडौं– सरकारले सहकारी क्षेत्रमा देखिएको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र,

असिनाले एवोमा लाखौँको आलुखेती नष्ट, किसान मारमा

दोलखा– अविरल वर्षा र असिना पानीले दोलखाको वैतेश्वर गाउँपालिका-८ एवोमा