गण्डकी प्रदेशमा १४० संक्रमित थपिए, चारको मृत्यु « Khabarhub

गण्डकी प्रदेशमा १४० संक्रमित थपिए, चारको मृत्यु


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा १४० जना कोरोना संक्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–९ का ८३ वर्षीया महिला, वडा नं १७ का ७५ वर्षीया महिला, वडा न २८ का ६० वर्षीया महिला र लमजुङको बेशीशहर नगरपालिका–५ का ७१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ ।

आज थपिने सङ्क्रमितमा सबैभन्दा बढी कास्कीका ७७, नवलपरासी (पूर्व) का २२, बागलुङका ११, गोरखाका १०, तनहुँका नौ, स्याङजाका पाँच, लमजुङका तीन, मुस्ताङका दुई र पर्वतका एक जना छन् ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार ६८८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ९ : १६ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा