लागुऔषधसहित एक पक्राउ « Khabarhub

लागुऔषधसहित एक पक्राउ


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कैलालीमा लागुऔषधसहित एक भारतीय नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुर र लम्कीबाट संयुक्त रुपमा खटीएको टोलीले टीकापुर नगरपालिका–८ खक्रौलाबाट भारतको उत्तर प्रदेश लखिमपुर खिरीका जसपाल सिंहलाई २० ग्राम लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

सिंहका साथबाट लागुऔषध नापतौल गर्ने डिजिटल तराजु एक थानसमेत बरामद गरी लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कैलालीको टीकापुर नगरपालिका–७ सोनाहा फाँटाबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोनाहा फाँटास्थित सडकखण्डमा शङ्कास्पद तवरले हिँडिरहेको अवस्थामा गौरीगङ्गा नगरपालिका–९ भैसासुरका बिवस बमलाई छ ग्राम लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

निज बमलाई लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ८ : ११ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।