मदिरा सेवनले निम्त्याउँछ यस्ता जटिल रोग « Khabarhub

मदिरा सेवनले निम्त्याउँछ यस्ता जटिल रोग


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मदिरा भनेको जाँड रक्सी, वियर, वाइन हुन् । ग्रामिण क्षेत्रमा घरमै बनाइने कोदोको रक्सीदेखि शहरी क्षेत्रमा पाइने वियर, वाइन, ह्वीस्की लगायत मदिरामा पर्छन् ।

साथीभाइ भेट हुँदा, साथीहरुसँग रमाइलो गर्दा, जन्मदिन, विवाह वा अन्य कुनै उत्सव मनाउँदा मानिसहरुले मदिरालाई अनिवार्य जस्तै प्रयोग गर्ने क्रम बढेको छ । त्यतिमात्र होइन आजभोलि सरकारका उच्च पदस्थ व्यक्तिले पनि विदेशी पाहुँनाको स्वागत संस्कारमा मदिरालाई नै विशेष रुपमा प्रयोग गरेको पाइन्छ ।

हुन त केही विज्ञहरुले सीमित मात्राको मदिरा सेवन गर्दा फाइदा हुने बताए पनि मदिराले स्वास्थ्यमा हानी गर्छ । यसले नसर्ने रोगको जोखिम समेत बढ्दै गएको पाइन्छ । मदिरा पिउँदा पिउने व्यक्तिलाई एकछिन आनन्दको महसुस भएपनि यही मदिराको कारण कतिपय परिवारको जीवनमा नकारात्मक असर परेको हुन्छ ।

मदिरा सेवनले दुई किसिमको स्वास्थ्य असर पुर्‍याउँछ । एउटा अल्पकालीन र अर्को दीर्घकालीन असर पर्छ ।

मदिरा सेवनले हुने तत्कालको असर

–दुर्घटना तथा चोटपटक लाग्ने जोखिम,

–अशक्त हुने,

–सामाजिक सुरक्षा खलबलिने,

–घरेलु हिंसा बढ्ने,

–आर्थिक र व्यक्तिगत जीवनको विकासमा बाधा पर्ने ।

दीर्घकालिन असर

–स्नायु तथा मनोरोग, छारे रोग तथा बौद्धिक क्षमतामा ह्रास आउने,

–रक्तचाप बढ्नुका साथै रगतमा चिल्लोको मात्र बढाउने,

–मोटोपनाको समस्या हुने,

– कलेजो, मुटु र पेटसम्बन्धि तथा मानसिक रोग लाग्ने,

–क्यान्सरको जोखिम हुने,

–अमलपित्त हुने,

–पेट तथा आन्द्रामा घाउ हुने,

–गर्भवती महिलाले मदिराको सेवन गरेमा बच्चा जन्माउँदा जटिलता हुने,

–मदिरा सेवन गर्ने महिलाले जन्माउने शिशुमा शारीरिक र मानसिरक रुपले सुस्त र रोगी हुनेसक्ने,

–मदिरा सेवन गर्ने महिलाको गर्भ तुहिन सक्ने ।

मदिराको कुलतबाट कसरी बच्ने ?

मदिरा सेवन गर्दा शुरुको समयमा मानिसहरुलाई मन पर्दैन । तर विस्तारै बानी पर्छ । कुनै कुराको तनाव वा रमाइलोका लागि शुरु गरेको मदिरा पछि बानी पर्दै जान्छ । मदिरा सेवनकै कारण विश्वभर धेरै मानिसले अकालमा ज्यान गुमाएका छन् । त्यसैले मदिराको कुलतबाट टाढा नै रहनु उपयुक्त हुन्छ ।

मदिराको कुलतबाट कसरी बच्ने ?

–साथीभाइको दबाबमा नपर्ने,

– कसैको लहैलहैमा मदिरा सेवन नगर्ने,

–मदिरा चाख्ने, वा पहिलो पटक हो भनेर टेस्ट गर्नु हुँदैन,

– मदिरा सेवनले हुने दीर्घकालीन असरबारे सोच्ने,

– मदिरा सेवन गर्ने बानी परेमा स्वास्थ्यकर्मीको सल्लाह लिएर छुटाउने ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  २ : ०२ बजे

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

लेदो प्रशोधन केन्द्र अपेक्षाअनुसार सञ्चालन भएन

झापा– मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा