बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग « Khabarhub

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोटका लागि आवेदन माग गरेको छ ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै प्रतिष्ठानको उपकुलपितमा सिफारिसको लागि आन्तरिक रोष्टर सूती बनाउने तयारी गरेको हो ।

प्रतिष्ठानको उपकुलपति पदमा आवदेन दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्सा शिक्षामा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको र चिकित्सा शिक्षाको क्षेत्रको अध्ययन, अध्यापन, अनुसन्धान तथा व्यवस्थापनमा कम्तीमा १५ वर्षको अनुभव हुनेपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले ती योग्यता पुगेका व्यक्तिलाई आफ्नो वायोडाटा सहित स्वास्थ्य मन्त्रालयको इमेल ठेगाना वा मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखामा ५ दिन भित्रमा विवरण पठाउनु पर्ने जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ३ : ५७ बजे

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई