वाग्मती लोकसेवा आयोगका सदस्यद्वारा शपथ « Khabarhub

वाग्मती लोकसेवा आयोगका सदस्यद्वारा शपथ


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वाग्मती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले उक्त आयोगका नवनियुक्त सदस्यद्वय सुदर्शनप्रसाद ढकाल र शर्मिला न्यौपानेलाई आज पद तथा गोपनियताको शपथ गराएका छन् ।

उनीहरु दुवैलाई प्रदेश सरकारले हालै नियुक्त गरेको हो । कार्यक्रममा वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईंले संविधानको मर्मलाई अक्षरस पालना गर्दै आफ्नो पदीय मर्यादा र जिम्मेवारीलाई निष्पक्ष र पारदर्शिताका साथ कार्यक्षेत्र खटिन आग्रह गरे ।

उनले प्रदेश सरकारले सुशासन ल्याउन निजामती कर्मचारीले कर्तव्यनिष्ठ रहेर जनहितका लागि सेवा भावले काम गर्नेतर्फ सधैँ अग्रसर हुनुपर्ने धारणा व्यक्त गरे ।

शपथ कार्यक्रममा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ तथा प्रदेश मन्त्रिपरिषद्का मन्त्रीको सहभागिता थियो ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ११ : ०५ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ