मयुरका पखेटा बरामद « Khabarhub

मयुरका पखेटा बरामद


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही-  प्रहरीले बेवारिसे अवस्थामा भेटिएका मयुरका पँखेटा बरामद गरेको छ ।

ब्रह्मपुरी गाउँपालिका–५ सखुवाबाट बेवारिसे अवस्थामा छाडिएका तीन पोका मयुरका पँखेटा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी चौकी पर्साको टोलीले गस्ती गर्ने क्रममा आइतबार साँझ बेवारिसे अवस्थामा तीन पोका मयुरका पँखेटा बरामद गरेको जनाइएको छ ।

डिभिजन वन कार्यालयसँग समन्वय गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

उक्त पँखेटा भारततर्फ तस्करी गर्न खोजे पनि सीमा पार गराउन नसक्ने भएपछि बेवारिसे अवस्थामा छाडिएको हुनसक्ने प्रहरीको अनुमान छ । बरामद गरिएका मयुरका पँखेटाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ६ : ३४ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ