छाउपडी सिंगो मुलुककै लागि समस्या : मन्त्री गुरुङ « Khabarhub

छाउपडी सिंगो मुलुककै लागि समस्या : मन्त्री गुरुङ


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- महिला, बालबालिका तथा समाज कल्याणमन्त्री पार्वत गुरुङले छाउपडी गोठ सुदूरपश्चिम र कर्णाली प्रदेशको मात्र नभई सिङ्गो देशको समस्या भएको बताएका छन्।

सदरमुकाम मङ्गलसैनमा भएको छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवद्र्धनका लागि साझा अभियान कार्यक्रममा उनले छाउपडी गोठको समस्या समाजमा कुरितिको रुपमा फैलिँदै गएकाले सरकारले गोठ भत्काउने अभियानको थालनी गरेको बताए ।

छाउ मान्ने प्रथा देशव्यापी रहेकाले व्यवस्थापन अभाव भएको उल्लेख गर्दै उनले सुदूरपश्चिम र कर्णाली प्रदेशमा चलिरहेको छाउपडी गोठ भत्काउने अभियानलाई सबैले साथ दिनुपर्ने बताए ।

मन्त्री गुरुङले सुदूरपश्चिम र कर्णाली प्रदेशमा जरा गाडेर बसेको छाउपडी कुप्रथालाई अन्त्यका लागि सबै जनप्रतिनिधि, राजनीतिज्ञ, नागरिक समाज जागरुप हुनुपर्ने बेला आएको उल्लेख गरे ।

छाउगोठ भत्काउने अभियान निरन्तर जारी रहनुपर्नेमा जोड दिँदै उनले छाउगोठ भत्काएसँगै सबैको मनमा बसेको गोठसमेत भत्काउँदै जानुपर्ने बताए। यो सामाजिक अभियान सफल पार्न तीन वटै तहका सरकारको भूमिका महत्वपूर्ण भएकाले हरेक ठाउँमा कानूनी कारवाही र सामाजिक क्षेत्रमा हुने समस्याका बारेमा सचेतना जगाउँदै जानुपर्नेमा जोड दिए ।

स्वास्थ्य राज्यमन्त्री नवराज रावतले समाजमा रहेको छाउपडी प्रथा अन्त्य नभएसम्म देशको विकास सम्भव नभएको बताए । देशमा तीन तहका सरकार भएकाले समाजमा हुने हरेक सामाजिक अभियानको जिम्मा स्थानीय सरकारले लिनुपर्नेमा उनले जोड दिएका थिए ।

छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवर्द्धनका लागि जिल्लामा अभियानसहित अछाम घोषणापत्र जारी गरिएको छ ।

जिल्लाका ९१ वटै वडालाई माघ मसान्तभित्रै छाउपडी गोठमुक्त घोषणा, फागुन १५ भित्रै १० वटै स्थानीय तह र फागुन मसान्तभित्र जिल्लालाई नै छाउपडी गोेठमुक्त जिल्ला घोषणा गर्ने प्रतिबद्धताका साथ १२ बुँदे घोषणापत्र जारी गरिएको हो ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  १० : ३० बजे

दमकमा तीन सवारी एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु

भद्रपुर– झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट

स्वर्णिम वाग्ले भन्छन्- करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, सेवा र

‘नेपालको राजनीतिबाट तर्क र विवेक हरायो, संसद् नै अहंकार र गाली गर्ने थलो बन्यो’

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिमा