जर्मनी गोलीकाण्डमा मृतकको संख्या ९ पुग्यो « Khabarhub

जर्मनी गोलीकाण्डमा मृतकको संख्या ९ पुग्यो


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मनीको हनाउ शहरमा भएको गोलीकाण्डमा मारिनेको सङ्ख्या नौ पुगेको छ ।

बुधबार अबेर १० बजेतिर शीशा बारमा भएको गोलीकाण्डमा यसअघि ८ जनाको ज्यान गएको अधिकारीले जनाएका थिए ।

बिहीबार बिहान भने अधिकारीले गोलीकाण्डमा घाइते भएका अर्का व्यक्तिको पनि मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या ९ पुगेको हो ।गोलीकाण्डमा अरु धेरै घाइते भएको जर्मन अखबार बिल्डले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा गोली चलाउने व्यक्ति पनि निवासमा मृत फेला परेका छन ।  उनिसँगै अर्का एक व्यक्ति पनि मृत भेटिएका छन । उनको मृत्युको कारण खुल्न सकेको छैन ।

हनाउ शहरमा अबेर कुर्दहरुको बाहुल्यता रहेको क्षेत्रमा बुधबार अबेर अन्धाधुन्ध गोली प्रहार भएको थियो । २ वटा बारमा भएको गोलिकाण्डपछि संदिग्धहरु फरार रहेका थिए । लगत्तै प्रहरीले उनिहरुको खोजी तीब्र पारेको थियो ।

७ घण्टाको खोजीपछि संदिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर अहिलेसम्म आक्रमणकारीको पहिचान सार्वजनिक गरिएको छैन ।

यद्यपी आक्रमणकारी हतियार राख्ने लाइसेन्स समेत लिएका जर्मन नागरिक नै भएको जर्मन सञ्चारमाध्यमहरुले दावी गरेका छन ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १२ : ५७ बजे

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज– बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार

रोल्पाको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ– रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज