सञ्चारमन्त्री बाँस्कोटाद्वारा पदबाट राजीनामा | Khabarhub Khabarhub

सञ्चारमन्त्री बाँस्कोटाद्वारा पदबाट राजीनामा


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिइसकेको बताएका हुन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको विषयप्रति जवाफ दिने क्रममा सभामुख सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिइसकेको अनौपचारिक जानकारी आफूले प्राप्त गरेको बताएका हुन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको विषयप्रति जवाफ दिने क्रममा सभामुख सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिइसकेको अनौपचारिक जानकारी आफूले प्राप्त गरेको बताएका हुन् ।

सञ्चारमन्त्री बाँस्कोटाले सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस) स्थापनाको ठेक्का स्वीकृतिका लागि स्वीस कम्पनीका प्रतिनिधिसँग ७० करोड रुपैयाँ घुस मागेको अडियो क्लिप सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी कांग्रेसले उनको राजीनामा माग गरेको थियो ।

कांग्रेसले सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा माग गर्दै बिहीबार संसद बैठक अवरुद्ध पारेको थियो । कांग्रेसले बैठक अवरुद्ध पारेपछि सभामुख सापकोटाले आगामी बैठक फागुन १३ गते (मंगलबार) दिनको १ बजे बस्ने गरी बिहीबारको बैठक स्थगित भएको घोषणा गरे ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ३ : १५ बजे

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली  प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र

चिनियाँ खतराको जवाफ दिन नयाँ युद्धपोत निर्माण गर्ने ट्रम्पको चाहना

काठमाडौं- चीनबाट उत्पन्न हुने सम्भावित खतराको जवाफ दिन अमेरिकी राष्ट्रपति

गृहमन्त्रीसँग र अमेरिकी राजदूतको भेट

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर

अन्नपूर्ण आधार शिविरबाट फर्कन थाले पर्यटक

म्याग्दी– वर्षा र हिमपात रोकिएपछि अन्नपूर्ण आधार शिविर क्षेत्र देखि